
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले वाडबडी र न्यरोबडी जहाज खरिद गर्दा लिएको ऋण वापतको सावाँ र ब्याज गरेर हालसम्म करिब साढे १० अर्ब रुपैयाँ भुक्तानी गरेको छ । वायुसेवा निगमले चैत मसान्तमा तिरेको किस्ता दुबै प्रकृतिको जहाजको लागि ५३ करोड ९ लाख लाख ५५ हजार २८१ रुपैयाँ छ ।
यो रकममा निगमले कर्मचारी संचयकोषबाट लिएको २ वटा न्यारोबडी र एक वाइडबडीकोसँगै नागरिक लगानीकोषबाट ऋण लिएर किनेको एक वाइबडीको लागि भएको पनि उल्लेख छ ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई बाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ चैत्र महिनाको किस्ताबापत पूरै रकम भुक्तान गरेको छ । तर, दुई वाइडबडीको जहाजको भने आंशिक रकम मात्रै भुक्तानी गर्दै आएको छ ।
निगमले न्यारोबडीको पूरै किस्ता वापत रहेक तीन महिनामा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिर्दै आएको छ । यो रकम निगमले कर्मचारी संचयकोषबाट खरिद गरेको जहाजको लागि पूरै किस्ता भुक्तानी गरेको हो । यस्तो किस्ता वार्षिक न्यारोबडी जहाजको लागि वार्षिक १ अर्ब ३२ करोड रुपैयाँ हुने र उक्त रकम पूरै तिरेको छ ।
निगमले यस अघि औसतमा ५३ करोड रुपैयाँ तिरेकाे दाबी गरेकाे छ । यस्ताे रकम जाेडेर निगमले हालसम्म साढे १० अर्ब तिरको पनि उल्लेख छ ।
निगमले वाइडबडीको लागि भने कर्मचारी संचय कोष र नागरिक लगानी कोष दुबैका लागि १०/१० करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ । निगमले वाइडबडीको लागि भुक्तानी गरेको रकम दुबै निकायको लागि जम्मा २० करोड रुपैयाँ मात्रै हो ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ चैत्र सम्मको अवधिमा ७ अर्व ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको पनि जानकारी दिएको छ । अधिकारी २०७८ मा वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।
विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज, व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।
प्रतिक्रिया