
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
एक महिना अगाडि नै नियुक्त हुनुपर्ने गभर्नर रिक्त भएपछि उनलाई कामुको जिम्मेवारी दिइएको हो ।
राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नर नियुक्तिको सार्वजनिक सूचना नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिनाअगावै गभर्नरको पदमा यस ऐनबमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालय २४ चैतमा सकिएको छ । अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर २२ चैतमै बिदा भइसकेका छन् । तर, सरकारले भने अहिलेसम्म नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन ।
प्रतिक्रिया