गभर्नर अधिकारीले कार्यकालमा ल्याए ११६ वटा कार्यविधि, निर्देशिका, फ्रेमवर्क, मार्गदर्शन

259
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ५ वर्षको कार्यकालमा पोलिसी, फ्रेमवर्क, मार्गदर्शन, निर्देशिका, म्यानुुअल र कार्यविधि लगायत ११६ वटा ब्यवस्था ल्याएको जानकारी गराएका छ ।

५ वर्षे कार्यकालको पूर्वाधमा शुक्रबार पत्ररका सम्मेलन गर्दै उनले यस्तो जानकारी गराए । उनले विगत ५ वर्षको अवधिमा ११ वटा पोलिसी, ९ वटा फ्रेमवर्क, १८ वटा मार्गदर्शन जारी गरेको बताए ।

अधिकारीले ५ वर्षको अवधिमा ११ वटा निर्देशिका, ७ वटा म्यानुुअल र ४१ वटा कार्यविधि ल्याइएको समेत जानकारी गराए । यी नेपाल राष्ट्र बैंकको आन्तरिक भएको उनको भनाइ छ । यी सबै व्यवस्था हाल कार्यान्वयनमा रहेको अधिकारीले बताए ।