ट्रम्पको करबाट कुन उत्पादनलाई छुट, कुनमा पर्‍यो असर?

469
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारभरका देशहरूमा ट्यारिप(कर) घोषणा गरेका छन् । ट्रम्पका ट्यारिफका नकरात्मक प्रभाव धेरै देशहरूको सेयर बजारमा देखिने गरेको छ ।

ट्रम्पको घोषणा पछि संसारभरका देशका नेताहरूले तिनीहरूको आलोचना गर्दै आएका छन् ।

ट्रम्पले अटोमोबाइल जस्ता उद्योगमा २५ प्रतिशतको ट्यारिफ लगाएका छन् । अब जुनसुकै देशले अमेरिकामा अटो निर्यात गर्दा २५ प्रतिशतको ट्यारिफ तिर्नुपर्नेछ ।

यसका अतिरिक्त केही यस्तो उत्पादन पनि छन् जसमा ठूलो मात्रामा ट्यारिफ लगाइएको छ । तथापि, यी सबैका बीच केही यस्तो उत्पादन पनि छन् जसलाई ट्रम्पका ट्यारिफबाट बचाइएका छन् ।

ट्यारिफबाट बाहिर राखिएको उत्पादनहरूको लामो सूची ह्वाइट हाउसले जारी गरेको छ ।

ट्रम्पले धेरै उत्पादनहरूलाई ट्यारिफबाट छुट दिएका छन् । यी छुट मुख्य रूपमा सामान्य आवश्यकताको सामान र रणनीतिक उद्योगहरूमा केन्द्रित छन् ।

यस छुटले भारतलाई भने फाइदा पुर्‍याउने छ । विशेषगरी फार्मा उद्योगलाई ट्यारिफबाट बाहिर राख्नु भारतका लागि राहतको हो ।

हामी हेरौं, कुन वस्तुहरूमा अमेरिकामा आयात शुल्क लाग्ने छैन ।

भारतबाट अमेरिकामा निर्यात गरिने जेनेरिक औषधिहरूलाई ट्यारिफबाट बाहिर राखिएको छ । भारतको जेनेरिक औषधि उद्योग अमेरिकी बजारमा धेरै निर्भर छ ।

फार्मा उद्योगमा शुल्क लाग्यो भने भारतीय कम्पनीहरूको के हुन्छ भन्ने डर थियो ।

भारतले प्रत्येक वर्ष अमेरिकामा करिब १२.७ अर्ब डलरको औषधि निर्यात गर्दछ । जसमा उसलाई प्रायः कुनै कर तिर्नुपर्दैन ।

तथापि, भारतले आउने अमेरिकी औषधिहरूमा १०.९१ प्रतिशत शुल्क तिर्नुपर्दछ । यसबाट १०.९१ प्रतिशतको व्यापार घाटा रहन्छ ।

ट्रम्पका ट्यारिफबाट केही विशेष औषधिहरूलाई बाहिर राखिएको छ ।

तिनमा इन्सुलिन, भिटामिन ए, भिटामिन बी१, भिटामिन बी२, भिटामिन बी५, भिटामिनबी६, भिटामिन बी१२, भिटामिन सी, भिटामिन ई, फोलिक एसिड र नियासिनका औषधिहरू समावेश छन् ।

तामा

अमेरिकामा विदेशबाट आउने तामालाई पनि ट्यारिफको चपेटबाट बाहिर राखिएको छ । यसको प्रयोग त्यहाँ धेरै महत्वपूर्ण उद्योगहरूमा हुन्छ ।

तामाको आयातमा छुटले अमेरिकामा औद्योगिक प्रयोगका लागि निरन्तर आपूर्ति सुनिश्चित हुनेछ ।

सेमिकण्डक्टर
इलेक्ट्रोनिक्स उत्पादनका लागि महत्वपूर्ण सेमिकण्डक्टर निर्यात ट्यारिफको अधीन छैनन् ।

भारतले अमेरिकालाई १.६८ अर्ब डलरको सेमिकण्डक्टर बेच्दछ । यद्यपि विश्व बजारमा भारत ठुलो खेलाडी होइन तर यस उद्योगमा छुट पाउँदा भारतीय कम्पनीहरूलाई फाइदा हुनेछ ।

ट्रम्पले फोटोसेन्सिटिभ सेमिकण्डक्टर उपकरण, ट्रान्जिस्टर, फोटोसेन्सिटिभ ट्रान्सड्यूसर, सेमिकण्डक्टर उपकरण, डायोडका पार्टहरू र एलईडी जस्ता उत्पादनहरूमा ट्यारिफबाट छुट दिएका छन् ।

काठका सामान
काठ र काठसँग सम्बन्धित उत्पादनहरूलाई ट्यारिफ सूचीबाट बाहिर राखिएको छ ।

ऊर्जा उत्पादन
ऊर्जा सम्बन्धी केही निर्यातहरूलाई छुट दिइएको छ, जसमा ऊर्जा उत्पादनका लागि महत्वपूर्ण खनिजहरू समावेश छन् ।

महत्वपूर्ण खनिज
विशिष्ट खनिजहरू जुन अमेरिकामा सजिलै उपलब्ध हुँदैनन्, तिनलाई पनि बाहिर राखिएको छ । यस्तो देखिन्छ कि यी छुटहरूको उद्देश्य व्यापार प्रतिबन्धहरूमा सन्तुलन स्थापित गर्नु हो ।

ट्यारिफबाट छुट पाउने खनिजहरूमा जिंक, प्लेटिनम, पलेडियम र रोडियम जस्ता खनिजहरू समावेश छन् ।

अरू कुन उत्पादनहरूलाई छुट दिइएको छ ?
डोनाल्ड ट्रम्पले पारस्परिक ट्यारिफबाट सुन र चाँदीको खरिदमा केही छुट दिएका छन् ।

ट्यारिफबाट ट्रान्जिस्टर, पेपरबोर्ड, प्रिन्टेड पुस्तक, प्रिन्टेड शब्दकोश, चित्र, समाचार पत्र र जर्नल जस्ता उत्पादनहरूमा पनि केही छुट दिइएको छ ।

यसका अलावा नक्सा, प्रिन्टेड चार्ट, हाइड्रोग्राफिक्स र प्रिन्ट विज्ञापन उत्पादनलाई पनि ट्यारिफबाट बाहिर राखिएको छ ।

तर धेरै उत्पादनहरू ट्यारिफबाट बच्न सकेका छैनन् ।

डायमण्ड र गहना

भारतको डायमण्ड उद्योगको ठूलो हिस्सा अमेरिकामा निर्यात हुन्छ । यहाँका प्रयोगशालामा बनेका अधिकांश हीरा अमेरिकामा बिक्री गरिन्छन् ।

ट्रम्पले डायमण्ड र गहनाका आयातमा ट्यारिफको घोषणा गरेका छन् जसले निश्चित रूपमा यसको प्रभाव भारतको डायमण्ड उद्योगमा पनि पर्न जानेछ ।

कार र पार्टसहरू
अमेरिकाबाट भारत निर्यात हुने कारहरूमा भारत ट्यारिफ लगाउँछ । अब ट्रम्पले पनि भारतबाट अमेरिकामा निर्यात हुने कारहरू र तिनका सहायक सामग्रीहरूमा ट्यारिफको घोषणा गरेका छन् ।

यसअघि पनि ट्रम्पले अमेरिकाका कारहरूमा लाग्ने ट्यारिफको मुद्दा उठाइसकेका छन् ।

यसै वर्ष फेब्रुअरी महिनामा ट्रम्पले भनेका थिए, ‘भारतमा आउने अमेरिकी कारहरूमा ७०% ट्यारिफ छ, जसले ती कारहरूलाई बिक्री गर्न लगभग असम्भव बनाइदिन्छ ।’

रिफाइन्ड पेट्रोलियम

सन् २०२३ मा अमेरिकाले भारतलाई सबैभन्दा धेरै निर्यात गरेका वस्तुहरूमा कच्चा तेल र पेट्रोलियम उत्पादन समावेश छन् । कच्चा तेल र पेट्रोलियम उत्पादनको निर्यात १४ अर्ब डलरको रहेको छ ।

जबकि अमेरिका भारतबाट रिफाइन्ड तेल आयात गर्दछ । ट्रम्पले रिफाइन्ड पेट्रोलियम उत्पादनमा ट्यारिफ लगाउने घोषणा गरेका छन् ।

रेडीमेड गार्मेन्ट्स

अमेरिकाबाट भारत आउने कपडा वा टेक्सटाइलमा भारत २४.८ प्रतिशत ट्यारिफ लगाउँछ ।

भारतले पनि अमेरिकामा कपडा निर्यात गर्दछ । भारतबाट अमेरिकामा ४.९३ अर्ब डलरको कपडा निर्यात हुन्छ । ट्रम्पले यसमा ट्यारिफ लगाउने घोषणा गरेका छन् ।

ब्रडकास्टिङ/टेलिकमका सामान

भारतमा दूरसञ्चार उपकरण उत्पादन वर्तमानमा ५० हजार करोड रुपैयाँको स्तर पार गरेको छ । यसमा करिब १० हजार पाँच सय करोड रुपैयाँको निर्यात भइरहेको छ ।

भारतको वाणिज्य मन्त्रालयका अनुसार, यस उद्योगमा १७ हजार आठ सयभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगार सिर्जना भएका छन् ।

ट्यारिफ लाग्दा यी रोजगारहरूमा प्रभाव पर्न सक्ने सम्भावना छ ।

थुप्रै मात्रामा भारतीय टेलिकम उपकरणहरू अमेरिकामा पुगिरहेका छन् । सन् २०२४ मा ६.५ अर्ब डलरका उपकरणहरू अमेरिकामा निर्यात भएका छन् ।