९७ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसालको निधन

189
Shares

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको उपचारको क्रममा आइतबार राति निधन भएको छ ।

उपचारको लागि रिसाललाई आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा भर्ना गरिएको थियो । राति पौने ८ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

रिसालले आफ्नो शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान गरेका थिए ।

पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहे ।

रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे ।

उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए । पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए ।