
काठमाडौं । कुमारी बैंक र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटलबीच कुमारी बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
विगत २३ वर्ष देखि बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया