![](https://clickmandu.com/wp-content/uploads/2025/02/Hyundai-Deepak-Thapaliy_Creata-EV-768x403.jpg)
काठमाडौं । जनवरी १७ मा २०२५ मा भारत मोबिलिटी एक्स्पोमार्फत क्रेटाको ईभी सार्वजनिक भयो । भारतमा यो कार रेकर्ड ब्रेक हुने गरी बिक्री भयो । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपको लक्ष्मी कन्टिनेन्टलले यो कार फागुनमा नेपाली बजारमा ल्याउने घोषणा गरेको छ ।
लक्ष्मी कन्टिनेन्टलले ईभीतर्फ आइयोनिक-५ र कोना बिक्री गर्दै आएको छ । सन् १०१८ मा नै आयोनिकमार्फत नेपाली बजारमा सुरुवाती चरणमा नै ईभी ल्याएको लक्ष्मी कन्टिनेन्टलले सन् २०१९ कोना ल्यायो । दुबै प्रिमियम सेग्मेन्टका कार हुन् । मास मार्केटलाई हुने खालको ईभी पछिल्ला केही वर्ष कम्पनीसँग थिएन । मास मार्केटलाई हुने गरी क्रेटा ईभी ल्याउन लागेको हो ।
क्रेटा आईसीई नेपालमा अत्यन्त धेरै मनपराइएको कार हो । क्रेटा ईभी नेपाली बजारमा ल्याउने घोषणासँगै धेरैले सोधीखोजी गरिरहेका छन् । बजारमा चर्चा बढेको छ । यो कारको ग्राहकहरुले बुकिङ सुरु गरिसकेका छन् । क्रेटा ईभीमा क्रेन्द्रित रहेर लक्ष्मी इन्टरकन्टिनेन्टलका बिक्री तथा सञ्चालन महाप्रबन्धक दीपक थपलियासँग क्लिकमान्डुका लागि दिनेश खड्काले गरेको कुराकानी:
प्रतिक्रिया