लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा छुट


काठमाडौं । लुम्बिनी विकास बैंकले होटल वृन्दावन प्रालिमा आफ्ना ग्राहकलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।

होटल वृन्दावन पर्सा जिल्लाको वीरगञ्ज उप–महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनका बिभिन्न सेवा तथा सुबिधाहरुमा ३०% सम्म छुट प्रदान गर्ने छ ।

होटल वृन्दावनको विभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहकहरुले खानाका परिकार तथा पेय पदार्थहरुमा १०% साथै होटल कोठाहरुको शुल्कमा ३०% छुट लिन सक्ने छन् ।

सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वीरगञ्ज शाखाका प्रबन्धक कृष्णकुमार महतो र होटल वृन्दावनको तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफले संयुक्त रुपमा हस्ताक्षर गरे । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।