
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
बैंकिङ सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी कल सेन्टर’ बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरु सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरुबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडी बढाउने लगायतका कार्यहरु गर्नेछ । बैंकले एक निश्चित समय भित्र कल सेन्टर मार्फत आएका गुनासो/जिज्ञासा/उजुरीहरुको सम्बोधन गर्ने बैंकले जनाएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया