काडमाडौं । सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीको अध्ययन गर्न नेपाली कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।
आज बसेको सार्वजनिक लेखा समितिको बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए । उनले सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरेको बताए । समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहेका छन् ।
लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय भएको सभापति पोखरेलले बताए । उनले मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधवार बिहान ११ बजेका लागि बोलाएको बताए ।
प्रतिक्रिया