
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा ६ करोड (२४.५५ प्रतिशत) रुपैयाँ बढी नाफा गरेको हो ।
खुद ब्याज आम्दानी बढाउँदा बैंकले गत आवको भन्दा बढी नाफा गर्न सफल बनेको हो । यस अवधिमा ब्याज आम्दानी घटे तापनि ब्याज खर्च अझै ठूलो दरले घटेका कारण खुद ब्याज आम्दानी वृद्धि भएको छ । बैंकले ६ महिनामा प्रवाह गरेको कर्जाबाट २ अर्ब ९७ करोड रुपैयाँ ब्याज आर्जन गरेको थियो भने निक्षेपवापत १ अर्ब ८८ करोड रुपैयाँ ब्याज तिरेको छ । गत आवमा यस्तो आम्दानी र खर्च क्रमशः ३ अर्ब ५२ करोड र २ अर्ब ५६ करोड रुपैयाँ थियो । फलतः खुद ब्याज आम्दानी १३ करोडले बढेर १ अबए ९ करोड कायम भएको छ ।
यता बैंकले १४ करोड खुद फि तथा कमिसन आम्दानी गरेको छ भने नोक्सानी व्यवस्थावापत करिब २० करोड छुट्याएको छ । बैंकले गत आवको सोही अवधिमा गरेको भन्दा डेढ करोड रुपैयाँ बढी नोक्सानी व्यवस्था गरेको हो ।
बैंकको निष्क्रिय कर्जाको आकार नबढेको भए नाफा अझै बढी हुने थियो । तर, यस्तो कर्जा निकै नै बढेको छ । गत आवको पुस मसान्तसम्म ३.४२ प्रतिशत रहेको यस्तो कर्जा दर कुल कर्जामा ४.३५ प्रतिशत पुगेको छ । तर खुद निष्क्रिय कर्जा भने १.७२ प्रतिशत मात्र छ ।
नाफा बढ्दा कामना सेवाको प्रतिसेयर आम्दानी १५.७८ बाट बढेर १८.३७ रुपैयाँ र नेटवर्थ १५७.४६ रुपैयाँ कायम भएको छ ।
पुस मसान्तको विवरणअनुसार बैंकको वितरणयोग्य नाफा साढे ३७ करोड रुपैयाँ देखिन्छ । यही वितरणयोग्य नाफाको आधारमा बैंकले २१.४ प्रतिशत लाभांश बाँड्न सक्ने देखिन्छ ।
६ महिनामा बैंकको ब्याज आम्दानीमध्ये ९ करोड ७४ लाख रुपैयाँ अझै उठ्न बाँकी देखिन्छ । यसैगरी यस अवधिमा ६ करोड ८१ लाख रुपैयाँबरारबरको गैरबैंकिङ सम्पत्ति बिक्री गरि वितरणयोग्य नाफामा थप गरेको छ ।
प्रतिक्रिया