गुडविल फाइनान्सको नाफा घट्यो, २ करोड २८ लाखको कमाइ १ करोड ४ लाखमा सिमित


काठमाडौं। गुडविल फाइनान्सको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा १ करोड ४ लाख रुपैयाँ कमाएको गुडविल फाइनान्सले गत वर्षको सोही अवधिमा २ करोड २८ लाखको नाफा गरेको थियो ।

यसको नाफा पुस मसान्तसम्ममा १ करोड ४ लाख रुपैयाँमा सिमित भएको छ । यसको नाफा करिब १ करोड १८ लाख रुपैयाँले घटेको गुडविल फाइनान्सले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

पछिल्लो ६ महिनामा यो फाइनान्सको ब्याज आम्दानी १२ करोड १६ लाखबाट थोरै घटेर १२ करोड ८ लाख रुपैयाँमा सिमित भएको छ । यो फाइनान्सको नेट ब्याज, फि तथा कमिसन आम्दानी १३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको गुडविल फाइनान्सको जगेडा कोषमा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।
यो फाइनान्सले ग्राहकबाट १२ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो फाइनान्सको प्रति सेयर आम्दानी २ रुपैयाँ २२ पैसा रहेको छ भने कर्जा नोक्सानीको लागि छुट्याएको इम्पेरिमेन्टल चार्जमा ३ करोड ९९ लाख रुपैयाँ रहेको छ । यसले गत वर्षको पहिलो छ महिनामा छुट्याएको यस्तो कर्जा नोक्सानी कोषको पैसा ९९ लाख रुपैयाँ मात्रै थियो ।

यो फाइनान्सको निस्कृय कर्जा अनुपात ६.७७ प्रतिशत रहेको छ ।

Skip This