सांग्रिला डेभलपमेन्ट बैंकले कमायो १९ करोड ६५ लाख


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा १९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ करोड ६३ लाख रुपैयाँले बढेको बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

यो बैंकको ब्याज आम्दानी ९१ करोड ८२ लाख रुपैयाँ रहेको छ । यसले गत वर्षको सोही अवधिमा गरेको यस्तो ब्याज आम्दानी ९४ करोड ६३ लाख रुपैयाँ थियो । यो बैंकले यस अवधिमा नेट फि एन्ड कमिसनबापतको आम्दानी १ अर्ब २ रुपैयाँ आम्दानी गरेको देखिएको छ ।

यो बैंकको चालू आवको पहिलो ६ महिनासम्मको कुल सञ्चालन आम्दानी ८४ करोड ३९ लाख रुपैयाँ रहेको छ । यस्तो आम्दानी गत वर्ष सोही अवधिमा ६६ करोड ३६ लाख रुपैयाँ रहेको पनि बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ

यो बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । यस्तो रिजर्भ गत वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ थियो ।

यसले ग्राहकबाट ५४ अर्ब ९९ करोड रुपैयाँ संकलन गरेर ४३ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा यो बैंकले ५२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४१ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यो बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.६९ प्रतिशत रहेको छ । निस्कृय कर्जा अनुपात ४‍‌.९९ प्रतिशत रहेकाे यो बैंकको प्रति सेयर आम्दानी ११ रुपैयाँ ४६ पैसा रहेको छ भने यसको प्रति सेयर नेटवर्थ १५० रुपैयाँ ७१ पैसा रहेको छ ।

Skip This