पोखरा फाइनान्सको नाफा करिब ६४ करोड ऋणात्मक, शीर्घ सुधारात्मक कारबाहीमा ढिलाइ


काठमाडौं । पोखरा फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था हेर्दा नेपाल राष्ट्र बैंकले टेक ओभर गर्न ढिला भएको देखिएको छ । फाइनान्सको प्राथमिक पुँजीकोष अनुपात (टियर वान ३.१७) प्रतिशत ऋणात्मक छ ।

प्रकाशित वित्तीय अवस्थाअनुसार फाइनान्सको पुस मसान्तसम्म ६३ करोड ७९ लाख ६४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सको नाफा २ करोड ९० लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानी १४ करोड ३० लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १७ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालक नाफा ९५ करोड ७९ लाख २२ हजार रुपैयाँ ऋणात्मक छ । गत आवको सोही अवधिमा ४ करोड ३९ लाख १९ हजार रुपैयाँ थियो । वितरणयोग्य नाफा १ अर्ब ५५ करोड २० लाख ९४ हजार रुपैयाँ ऋणात्मक छ ।

फाइनान्सको रिटेर्न अर्निङ १ अर्ब ५५ करोड २० लाख ९४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा ४६ करोड ८८ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । १ अर्ब ८ करोड २५ लाख ५६हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १ अर्ब ५ करोड ३७ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

१० अर्ब ५५ करोड ९१ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ६ अर्ब ४० करोड ४ लाख ६३ हजार कर्जा लगानी गरेको छ । पाmइनान्सको निस्कृय कर्जा ३३.३४ प्रतिशत छ । प्रति सेयर आम्दानी ५८.९३ रुपैयाँ ऋणात्मक छ ।

बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही २०७४ अनुसार पुँजीकोष ७५ प्रतिशतभन्दा कम भएमा समस्याग्रस्त घोषणा गर्न सकिने व्यवस्था छ । टियर १ ऋणात्मक हुँदा नेपाल राष्ट्र बैंक ऐन दफा ८६ अनुसार कारबाही हुन्छ ।

फाइनान्सलाई राष्ट्र बैंकले अघिल्लो साता नै किन समस्याग्रस्त घोषणा नगर्ने भनेर स्पष्टीकरण सकेको छ । फाइनान्सको कुन वाणिज्य बैंकमा कति निक्षेप छ भनेर सबै बैंकसँग विवरण समेत माग गरेको छ ।

Skip This