
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको पुस मसान्तको तुलनामा २९ करोड रुपैयाँ कम नाफा गरेको हो ।
बैंकको खुद ब्याज आम्दानी घट्दा नाफा केही घटेको हो । बैंकको ब्याज आम्दानी २ अर्ब रुपैयाँ कम भएको छ भने ब्याज खर्च डेढ अर्ब घटेको छ । ६ महिनामा बैंकले १९ करोड रुपैयाँ नोक्सानी व्यवस्था फिर्ता लिएको छ । अरु बैंकले प्रोभिजन बढाउँदा चार्टर्डले फिर्ता लिएको हो ।
कर्जा पछि चार्टर्डको ठूलो लगानी सरकारी ऋणपत्रमा छ । यस्ता ऋणपत्रको ब्याज घट्दा स्ट्यान्डर्डलाई झड्का लागेको हो ।
बैंकको निष्क्रिय कर्जाको दर १.६ प्रतिशतबाट १.७१ प्रतिशत कायम भएको छ । नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी थोरै घटेर ३२.६७ रुपैयाँ र नेटवर्थ २०२.९७ रुपैयाँ तथा पीई रेसियो २०.५ कायम भएको छ ।
प्रतिक्रिया