
काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको तुलनामा करिब १० प्रतिशत बढी नाफा गरेको हो ।
गत आवको पुस मसान्तसम्म बैंकको खुद मुनाफा १ अर्ब ६ करोड रुपैयाँ थियो । लक्ष्मी सनराइजको खुद ब्याज आम्दानी घट्दा पनि नोक्सानी व्यवस्थावापतको इम्पेयरमेन्ट चार्ज कम हुँदा नाफा बढेको वित्तीय विवरणमा देख्न सकिन्छ ।
बैंकले ६ महिनामा ५ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने कुल सञ्चालन आम्दानी ६ अर्ब ७१ करोड छ । तर, इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ९३ करोड रुपैयाँ मात्र छ । गत आवको यही अवधिमा यस्तो चार्ज २ अर्ब ७३ करोड रुपैयाँ थियो ।
नाफा बढ्दा ईपीएस ९.१४ बाट बढेर ९.५५ रुपैयाँ पुगेको छ । यसैगरी पीई रेसियो २२.२२ कायम भएको छ । नेटवर्थ भने १७२.५० रुपैयाँ पुग्दा खुद निष्क्रिय कर्जाको आकार २.११ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो दर १.८४ प्रतिशतमात्र थियो ।
प्रतिक्रिया