
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म नाफा ४५.६१ प्रतिशतले बढाएर २ अर्ब ३५ लाख रुपैयाँ पुर्याएको छ । यस्तो नाफा गत आवको सोही अवधिमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ थियो ।
बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६९ करोड रुपैयाँ छ ।
बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रति सेयर आम्दानी ६ रुपैयाँ ८४ पैसाबाट बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ ।
बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा २.८६ प्रतिशत थियो ।
प्रतिक्रिया