नोक्सानी व्यवस्थामा १८ करोडमात्र छुट्याउनु पर्दा हिमालयनको नाफामा सुधार, एनपीएल ५%भन्दा कम


काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा १ प्रतिशत बढी नाफा गरेको हो ।

गत आवको दोस्रो त्रैमास अन्त्यसम्म बैंकले १ अर्ब ५० करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको ब्याज आम्दानी घटेको छ भने ब्याज खर्च पनि निकै घटेको छ । गत आवको पहिलो ६ महिनामा १८ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी गरेकामा १२ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको थियो ।

चालु आवमा भने आम्दानी १४ अर्ब ६४ करोड र खर्च ९ अर्ब ४१ करोड रुपैयाँ छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी सामान्य घटेर ५ अर्ब २३ करोड रुपैयाँ कायम भएको छ ।

यस अवधिमा बैंकले नोक्सानी व्यवस्थावापत १८ करोड रुपैयाँमात्र छुट्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड रुपैयाँ प्रोभिजन गर्नु परेको थियो ।

नाफामा सामान्य सुधार आउँदा हिमालयनको प्रतिसेयर आम्दानी १३.८९ बाट बढेर १४.०३ रुपैयाँ कायम भएको छ ।

बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशत छ । गत आवको यही अवधिमा यस्तो कर्जा ४.९५ प्रतिशत थियो ।

यसैगरी कैंकको नेटवर्थ १७६.११ रुपैयाँ र पीई रेसियो १६.६८ प्रतिशत छ । हालसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९५ करोड रुपैयाँले ऋणात्मक छ ।

Skip This