
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा ३६ करोड रुपैयाँ बढी नाफा गरेको हो ।
बैंकले खुद ब्याज आम्दानी नै बढाएर नाफाको आकार बढाएको देखिन्छ । सोमबार प्रकाशित वित्तीय विवरणअनुसार बैंकले ४ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरी ३५ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ । गत आवमा यस्तो रकम ३ अर्ब ६२ करोड र ४३ करोड थियो ।
यता ६ महिनामा ब्याज खर्च भारीमात्रामा घटेको छ । गत आवको ६ महिनामा बैंकले ७ अर्ब ८६ करोड रुपैयाँ ब्याज खर्च भएकामा यस आवमा हालसम्म ५ अर्ब ९८ करोड रुपैयाँमात्र खर्च भएको छ ।
नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । ईपीएस ३२.०६ रुपैयाँ कायम हुँदा नेटवर्थ बढेर २२५.७९ रुपैयाँ कायम भएको छ । यसता पीई रेसियो ३२.०६ रहेको छ ।
एभरेष्टको वित्तीय विवरण सुधार हुनुको कारण निष्क्रिय कर्जा नियन्त्रित स्थितिमा रहनुलाई मानिएको छ ।
बैंकहरुको खराब कर्जा निरन्तर बढिरहेको बेला एभरेष्टको भने यस्तो कर्जाको आकार कुल कर्जाको ०.७७ प्रतिशतबाट घटेर ०.६६ कायम भएको छ ।
६ महिनासम्म वितरणयोग्य नाफाको आकार २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया