काठमाडौं । नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालको अधिकांश भूभागमा महसुस गरिएको छ ।
भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा कोशी, मधेस र वागमती प्रदेशका जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पपछि मधेस प्रदेशको मौसम परिवर्तन भएको स्थानीयहरु बताउँछन् । बिहान मौसम अनुकुल भए पनि बिहान भूकम्प गएपछि मधेस प्रदेशमा पौने सात बजेपछि अचानक मौसम परिवर्तन भएको, हावा चलेको र हुस्सुले शहर ढाकेको स्थानीयहरुले बताए । हुस्सु लागेको, पश्चिमबाट हावा चलेको स्थानीयहरु बताउँछन् ।
नेपालमा संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महशुस गरिएको थियो भने झापा, सुनसरी, मोरङ र उदयुपुरमा सामान्य धक्का महशुस गरिएको थियो ।
प्रतिक्रिया