चिनियाँ भूकम्प मापन केन्द्रले भन्यो: तिब्बतको डिङरीलाई केन्द्र बनाएर ६.८ रेक्टरको भूकम्प



एजेन्सी । तिब्बतलाई केन्द्रबिन्दु बनाएर भूकम्प मापन भएको छ ।

चिनियाँ समय अनुसार मंगलबार बिहान ९ बजे ५ मिनेटमा चीनको तिब्बत स्वायत्त क्षेत्रको डिङरी केन्द्रबिन्दु बनाएर ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प मापन गरिएको छ ।

चीनको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार, भूकम्पको केन्द्रीय बिन्दु (एपिसेण्टर) २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व रेखांशमा स्थित रहेको छ । भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ।

यस भूकम्पको धक्का नेपाल, भारत, भुटान र बंगलादेशमा पनि महसुस भएको छ। भूकम्पको धक्कापछि देशका विभिन्न स्थानमा मानिसहरु घर बाहिर निस्किएका थिए ।


क्लिकमान्डु