काठमाडौंसहित देशका धेरै स्थानमा भूकम्पको धक्का, कतिको आयो ?



काठमाडौं । काठमाडौं उपत्यका सहित देशका अधिकांश भागमा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको ठूलो धक्का महसुस भएको हो ।

धक्का महसुस भएपछि काठमाडौं लगायतका स्थानका सर्वसाधारण घरबाहिर निस्किएका थिए । देशको मध्य र पूर्वी भागमा ठूलो धक्का महसुस भएको हो ।

प्रारम्भिक रिपोर्टहरुका अनुसार चीनको तिव्बत केन्द्रविन्दू भएर भूकम्प गएक हो । ७.१ रेक्टर स्केलको भूकम्प मापन भएको जनाइएको छ । उक्त भूकम्पले चीन, नेपाल, भारत, भुटान र बंगलादेशमा समेत धक्का महसुस भएको छ । भूकम्पले पुर्‍याएको क्षतिबारे भने विवरणहरु आएका छैनन् ।


क्लिकमान्डु