भारतमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु



एजेन्सी । भारतस्थित गुजरातको पोरबंदरमा हेलिकप्टर दुर्घटनामा परेको छ ।

पोरबंदरस्थित कोस्टगार्डको एयर एन्क्लेवमा आइतबार दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनाको क्रममा घाइते भएका दुई जनाले अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गुमाए भने हेलिकप्टरबाट हाम फाल्ने व्यक्तिको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

भारतीय अधिकारीहरूले जनाएअनुसार, दुर्घटनाग्रस्त हेलिकप्टर कोस्टगार्डको एडभान्स लाइट हेलिकप्टर (एएलएच) ध्रुव थियो ।

यो हेलिकप्टर नियमित प्रशिक्षण उडानमा रहेको बेला प्राविधिक समस्या आएपछि पोरबंदर कोस्टगार्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

स्थानीय प्रहरीद्वारा दुर्घटनाको पुष्टि गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसबारे कोस्टगार्डले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन । दुई महिनाअघि पनि कोस्टगार्डको अर्को हेलिकप्टर समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । अहिले कोस्टगार्डको टोलीले यस घटनाको अनुसन्धान गरिरहेको छ।


क्लिकमान्डु