अधिकांश विमानस्थलमा आज किन हुन सकेन उडान ?
काठमाडौं । आइतबार विहानैदेखि बाक्लो हुस्सु र तुवालोका कारण काठमाडौंबाट बाहिरिने आन्तरिक विमानस्थल अधिकांशमा उडान हुन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थल मात्रै खुलेको छ भने विहान साढे १० बजेसम्म अरु विमानस्थल बन्द छ ।
विमानस्थल नखुलेका कारण काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित आन्तरिक टर्मिनल डिमार्टमेन्टले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयले जाडो महिनामा कम भिजिबिलिटीका कारण उडान हुन नसक्ने समस्या वर्षेनी आइरहने गरेको छ । विगतका वर्षजस्तै यो वर्ष पनि जाडोमा यात्रा गर्ने यात्रुले मौसमको अनुकुलता हेरेर मात्रै यात्रु गर्दा सहज हुन्छ ।
काठमाडौंबाट उडान हुन नसके कारण त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिलन हलमा यात्रुको चाप बढेको छ । यात्रु व्यवस्थापन गर्न सम्बन्धित विमानस्थल कार्यालय र जहाज कम्पनीलाई हम्मे हम्मे परिरहेको पनि उल्लेख छ ।