सशस्त्र प्रहरीमा १ हजार १७९ जनालाई जागिर खाने अवसर, कसरी दिने आवेदन ?
काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन खुला गरेको छ। भर्ना सम्बन्धी सूचना शुक्रबार सार्वजनिक गरिएको हो।
कुन पदका लागि कति माग ?
प्रहरी निरीक्षक: ६८ जना
प्रहरी सहायक निरीक्षक: ८३ जना
प्रहरी जवान: ९४१ जना
भान्छे: २० जना
कुचिकार: १९ जना
सूचिकार: १० जना
केशकर्तक: २४ जना
चर्मकर्मी: १४ जना
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले पुस २४ गतेदेखि माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन फारमहरू सशस्त्र प्रहरी बलले तोकेको विभिन्न कार्यालयहरूमा बुझाउनुपर्ने सूचनामा जनाइएको छ ।
दरखास्त दस्तुर र योग्यता सम्बन्धी विवरण पदअनुसार फरक-फरक निर्धारण गरिएको छ ।