सिटी एक्सप्रेसबाट ४२ हजार रुपैयाँ पठाउने ढकालले जिते १८ गुणा बढी पुरस्कार
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने विजेताको नाम घोषणा गरेको छ । कम्पनीले ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौं गुणा’ अभियानको विजेता घोषणा गरेको हो ।
सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर कलाकार जितु नेपाल र कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितीमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरिएको हो । जसअनुसार कोरियाबाट रेमिट्यान्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९ सय ९ रुपैयाँको १८ गुणा अर्थात् ७ लाख ५४ हजार ३ सय ६२ रुपैयाँ जिते ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखी मंसिर ३० गतेसम्म चल्ने गरी ६० दिनसम्म उपहार योजना घोषणा गरेको थियो ।
सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५ सय रुपैयाँको सिटी पे वालेट टपअप प्रदान गरिएको थियो । जसअन्तर्गत १ हजार ६ सय २० जनाले वालेट टपअप, २४ जनाले स्मार्ट टिभी र ६ जनाले स्मार्टफोन जिते ।
सिटी एक्सप्रेसले विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटीपे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुरु गरेको छ । साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।