वित्तीय प्रणालीबाट सवा ३ खर्ब खिचेर राखेको राष्ट्र बैंकले आजपनि ४० अर्ब रूपैयाँ तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । वित्तीय क्षेत्रमा तरलता अत्यधिक भएपछि केन्द्रीय बैंकले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो ।
राष्ट्र बैंकले आजै २१ दिनका लागि यति धेरै रकम खिच्न लागेको हो । आज २ बजेसम्म अनलाइन बिडिङ माध्यमबाट बोलकबोल हुने रमको ब्याजदर पनि कबोलकै माध्यमबाट तय हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म निक्षेप राख्न सक्नेछन् ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यो रकमको ब्याजसहित सावाँ फिर्ता माघ ९ गते हुनेछ ।
मंगलबारसम्मको तथ्यांकअनुसार बजारमा ८३ अर्ब रुपैयाँ अधिक तरलता छ ।
बजारमा रहेको कुल तरलतामध्ये केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत् २ खर्ब १९ अर्ब रुपैयाँ र स्थायी निक्षेप सुविधाअन्तर्गत १ खर्ब ८ अर्ब रुपैयाँ गरी कुल ३ खर्ब २७ अर्ब रुपैयाँ वित्तीय क्षेत्रबाट खिचेर राखेको छ ।