नबिल बैंकमा मनोज ज्ञवालीको छलाङ: ४ वर्षमा ४ वटा बढुवा, अब सिनियर डीसीईओ
काठमाडौं। बैंकर मनोज ज्ञवालीले नबिल बैंकको करिअरमा छलाङ मारेका छन् । नबिल बैंकको उच्च पदस्थ कर्मचारीमा ४ वर्षमा ४ पटक बढुवा भएर नयाँ रेकर्ड राखेका छन् ।
२०७७ जेठमा नबिल बैंकको नायब महाप्रबन्धक डीजीए नियुक्त भएका ज्ञवाली महाप्रबन्धक डीजीएम डेपुटी सीईओ हुँदै सिनियर डीसीईओ (वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत)मा बढुवा भएका हुन् । गत बिहिबार बसेको सन्चालक समितिको बैठकले ज्ञवालीलाई सिनियर डीसीईओमा बढुवा गरेको हो ।
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर २०७७ जेठमा उनी नबिल बैंकको डीजीएममा नियुक्त भएका थिए।
ज्ञवालीसँगै बैंकमा अब दुई जना सिनियर डिसिओ भएका छन्। यसअघि नै सुजितकुमार शाक्यले नबिल बैंकका सिनियर डिसिईओको रूपमा काम गर्दै आएका थिए। यसले बैंकको उच्च व्यवस्थापन टोलीलाई अझ बलियो बनाएको विश्वास बैंकलेगरेको छ।
४६ वर्षिय चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली प्रष्ट बक्ताका रुपमा आफ्नो परिचय बनाएका छन् ।
दैलेखको विकटठाउँमा जन्मेका मनोजले स्कुलमा राम्रो शिक्षा पाएनन् । एसएलसी उत्तिर्ण गरेपछि सुर्खेत झरेर बल्ल गाडीदेखेका मनोजले राष्ट्र बैंकको जागिरपछि बल्ल हवाइजहाज चढेका थिए ।
बैंकिङ क्षेत्रमा अनिल शाहको जस्तो चर्चा थियो, त्यो ‘ग्लामर’ मनोजले लिँदै छन् । अनिल शाह पनि नबिलकै पूर्वसीईओ हुन् । आगामी असारमा अहिलेका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल सकिँदैछ । त्यसपछि ज्ञवाली सीईओ बन्न सक्छन् ।
दैलेखको मध्यम परिवारमा जन्मिएका ज्ञवाली पढाईमा तीष्ण थिए । २०४९ सालमा एसएलसी दिँदा १६७ मध्येएसएलसीमा १२ जनामात्र उत्तिर्ण भए । ६ जना सेकेन्ड र ६ जना थर्ड डिभिजनमा । मनोजले सेकेन्ड डिभिजनमापास गरे ।
चार वर्षमा सीए सकेर काठमाडौं आए । जागिरका केही भ्याकेन्सी खुलेका थिए । राष्ट्र बैंकले ८ जना सीएमागेको थियो । अन्तर्वार्ता दिए। लिखित परीक्षा हुँदैनथ्यो । ८ जनाले मात्रै अन्तर्वार्ता दिए ।
मनोजले एक नम्बरमा नाम निकाले । सन् २००३ मा असिस्टेन्ट डाइरेक्टरमा भर्ना भए । तलब ३८ हजार ७५रुपैयाँ ।
राष्ट्र बैंकको जागिर छाडेर ज्ञवाली ग्लोबल आइएमई बैंक ग्लोबल आईएमई बैंकमा काम गरे । ग्लोबलआईएमई बैंकमा उनी फाइनान्स चिफ भएर आए ।
फाइनान्स हेडमा आएका मनोज सिएफओ, चिफ अपरेटिङ अफिसर भएर म्यानेजमेन्ट लेभलमै काम गरे । मर्जरको समयमा ग्लोबल आईएमई बैंकले स्वेच्छिक अवकाश योजना (भिआरएस) ल्याएको थियो ।
उनले भिआरएसमा आवेदन दिएर ग्लोबल आईएमई बैंकसँगको साढे ७ वर्षको सहयात्रा टुङ्याए ।
ग्लोबल आईएमईबाट निस्केका मनोज हाइड्रोपावरतिर लागे । एक कोरियन कम्पनीको १४८ मेगावाटको रिजर्भवायर हाइड्रो पावर कम्पनी थियो । त्यहाँ आठ ९ महिना काम गरे । तर, त्यहाँको परिपाटी खासै मन नपरेपछिछोडिदिए ।
त्यहीबेला ग्लोबल आईएमई बैंकमा सँगै काम गरेका कृष्णबहादुर कुवँर ज्योति विकास बैंकमा थिए । उनी ज्योतिको डेपुटी सीईओमा नियुक्त भए । डेढ वर्ष काम गरेपछि उनी सीईओ भए । दुई वर्षे सीईओकोकार्याकाल बाँकी रहँदै ज्योतिबाट राजीनामा दिएर बाहिरिए ।
त्यहीबेला नबिल बैंकमा कुरा चल्यो । नबिलमा डेपुटी जनेरल म्यानेजरमा प्रस्ताव आयो । नबिल वित्तीय क्षेत्रकैआकर्षक बैंक थियो । जो कोही बैंकर एकपटक नबिल बैंक पुग्न चाहन्छ ।
साथीसँग सल्लाह गरे । यो राम्रो अवसर हो भन्ने प्रतिक्रिया आयो । उनी नबिल बैंकमा डेपुटी जनलर म्यानेजरबने । ४ वर्षमा ४ वटा बढुवा पाएका ज्ञवाली नबिलको वेटिङ सीईओ हुन् । उनको प्रगतिको ग्राफ हेर्दा छिट्टैसीईओ हुन्छन् भन्ने धेरैले आँकलन पनि छ । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधी मूख्य लगानीकर्ता रहेको नबिल बैंक देशकै पहिलो नम्बरको वाणिज्य बैंक हो ।