च्यासलदेखि बालकुमारीसम्मका कवाडी केन्द्र हटाउन गएको महानगरको डोजरमा तोडफड

3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मका कवाडी संकलन केन्द्रहरु हटाएको छ ।

आवासीय क्षेत्रभित्र सञ्चालनमा रहेका कवाडी संकलन केन्द्रलाई पटक–पटक सूचना दिए पनि नहटाइएपछि डोजर चलाएर हटाइएको महानगर प्रहरीले जनाएको छ ।

कवाडी संकलन केन्द्रहरु हटाउने महानगरले डोजरसहित दर्जनौं नगर प्रहरी परिचालन गरेको थियो ।

त्यसक्रममा कवाडी संकलन केन्द्रका मजदुरहरुले प्रतिकार गरेका थिए । उनीहरुले ढुंगा प्रहार गर्दा डोजरको सिसासमेत फुटेको छ । ढुंगामुढाको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।