बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय टीएमएस चलाउन नपाइने, फेसबुक टिकटक बन्द गर्न आईटीलाई निर्देशन



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कार्यालय समयमा समाजिक सञ्जाल तथा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोगमा रोक लगाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कर्मचारीलाई सर्कुलर जारी गर्दै कार्यालय समयमा टिकटक, युट्युव, फेसबुक जस्ता समाजिक सञ्जाल तथा सेयर कारोबार हुने टीएमएस चलाए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

कर्मचारीहरुले फेसबुक, टिकटक, युट्युब, तथा टीएमएस प्रयोग गर्दै काममा लापरबाही गरेको गुनासोपछि परीक्षा नियन्त्रण जोशीले आइटी शाखालाई फेसबुक, टिकटक, युट्युब, तथा टीएमएस बन्द गर्न निर्देशन दिएका छन् ।

विद्यार्थीलाई समयमै ट्रान्सक्रिप्ट दिन नसकेको आरोप लाग्दै आएको पनिका बल्खुले कार्यालयको खाजा समयसमेत घटाएको छ । मंगलबार सार्वजनिक भएको पत्र अनुसार पनिकाले खाजा समय १ बजेर ३० मिनेटबाट २ बजे सम्म तोकिएको छ ।


क्लिकमान्डु