विद्युत बक्यौता मिनाहा गर्ने खोजे आँधीबेहरी आउने चेतावनी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणकोआधिकारिक ट्रेड युनियन कर्मचारी संघले ट्रंक डेडिकेटेड लाइन प्रकरणमा कसैले मिनाहा गर्ने खोजे आँधीबेहरी ल्याउने चेतावनी दिएको छ ।

प्राधिकरणको ३९ औं वार्षिक उत्सवलाई शनिबार सम्बोधन गर्दै संघका अध्यक्ष जनार्दन भट्टराईले यस्तो चेतावनी दिएका हुन् । उनले सरकारले छुट दिएको १० अर्ब बक्यौंता उठाउनु पर्ने बताएका छ्न ।

‘सरकारले छुट दिएको बक्यौता उठाउनु पर्छ,’ उनले भने, ‘सबै असुल हुनु पर्छ । सरकारले १० अर्ब मिनाहा गर्न सक्दैंन । कसैले मिनाहा गर्न खोजे आँधीबेहरी आउँछ ।’

आरोप लगाउदै भट्टराईले पत्रकारले आफ्नै तरिकाले लेखेको भन्दै भक्तबहादुर पुन कमिटीले सबै बक्यौता उठाउने प्रतिवेदन दिएको जानकारी दिए । उनका अनुसार २०७२ माघदेखि २०७५ सम्मको ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता छ ।


क्लिकमान्डु