नेप्सेमा अख्तियारको छापा, इन्साइडर ट्रेडिङका कागजात नियन्त्रणमा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छापा मारेको छ । सोमबार बिहान ११ बजे नेप्से पुगेको अख्तियारको टोली साँझ ५ बजेसम्म बसेको थियो ।

नेप्सेका कमर्चारीहरु इन्साइडर ट्रेडिङमा संलग्न रहेको लगायतका विषयमा परेको उजुरीका आधारमा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।

‘नेप्पसेकै कर्मचारीको संग्लग्नतामा पुँजी बजारमा बेथिति मौलाएको भन्ने उजुरीका आधारमा हामीले छापा मारेका हौं,’ अख्तियार स्रोतले भन्यो, ‘कागजातसँगै केही कर्मचारीको मोबाइल जफत गरेका छौं । उनीहरुलाई सोधपुछ गरिरहेका छौं ।’

नेप्सेका कर्मचारीहरुले आफन्तका नाममा सेयर कारोबार गरेको प्रारम्भिक अध्ययनमा देखिएको अख्तियारका अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु