
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी विद्रोहको रुपमा व्याख्या गरेर तयार पारेको अध्ययन प्रतिवेदनले निजी क्षेत्र र सरकारलाई सोच्न बाध्य बनाएको बताएका छन् ।
आइतबार क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च) प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले समाज र निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने सन्देश क्लिकमान्डुको अध्ययन प्रतिवेदनले दिएको पनि उनले बताए । उनले निजी क्षेत्रमा ३४ अर्बको र समग्रमा ८१ अर्ब रुपैयाँ भन्दा बढीको क्षति हुनु राज्यका लागि चिन्ताजनक भएको बताए ।
उनले भने ‘लोकतान्त्रिक व्यवस्थामा आफ्नो अभिव्यक्ति राख्ने अधिकार सबैलाई छ । तर, जेनजी आन्दोलनमा भएको राज्य र नीजि क्षेत्रमा भएको आन्दोलन भने दुखत हो ।’ उनले भने भदौ २३ र २४ को आन्दोलनले सुधारको मौका दिनु भन्दा पनि राज्यको अस्थित्वमाथिको हमला र निजी क्षेत्रमाथिको हमला मात्रै भएको बताए ।
‘राजनीतिक आन्दोलनले खासै असर गर्दैन तर अराजकता र अस्थिरता निम्ताउने गरी हुने आन्दोलन भने पक्कै राज्यको लागि राम्रो होइन, उनले भने ‘ राज्य, नीजि क्षेत्र र नागरिक एक अर्काका प्रतिस्पर्धी होइनन् । यी तीनवटै क्षेत्र मिलेर अर्थतन्त्रको विकास सहज हुन्छ । तर आन्दोलनको आडमा हुने कुनै पनि विध्वंश कसैको लागि पनि मान्य हुँदैन् ।’








प्रतिक्रिया