
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नेपालमा पछिल्लो समय देशबाहिर बसेर हुने कारोबार, कागजविहीन काम र नगदविहीन काम निकै बढिरहेको बताएका छन् ।
आइतबार क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च) प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालीको पहुँच र दायरा फराकिलो हुनु र हरेक नेपाली नयाँ प्रविधिमैत्री हुँदै जानु सकारात्मक भएको उनको भनाइ छ । प्रविधिको प्रवर्धन र आपूर्तिको सहजताका लागि नेपाल राष्ट्र बैंकले आफ्नो दायित्व पूरा गर्ने उनले बताए ।









प्रतिक्रिया