
काठमाडौं । अर्थतन्त्र बलियो बनाउन राजनीतिक प्रतिबद्धता चाहिने पूर्वगभर्नर चिरन्जीवी नेपालले बताएका छन् ।
उनले नेपालमा मात्रै नभएर विश्वभर नै अर्थतन्त्र बलियो बनाउन सकारात्मक भूमिका खेल्ने काम राजनीतिक दल र सरकारकै भएको बताएका छन् ।
क्लिकमान्डुले आयोजना गरेको कार्यक्रमको प्यानल डिस्कसनमा बोल्दै नेपालले भने, ‘नेपालमा मात्रै नभएर विदेशमा पनि राजनीतिक नेतृत्वले काम गर्न खोजेको देखिन्छ । तर, हाम्रोमा राजनीतिकर्मीले कार्यक्रम र योजनाको कार्यान्वयन कमजोर गरेका छन् ।’
कार्यक्रमको प्रभावकारिता बढाउने हो भने देशविकास पनि हुने उनको भनाइ छ । कसरी अर्थतन्त्र अगाडि बढाउन सकिन्छ भनेर राजनीतिक दल सबैलाई थाहा छ तर उनीहरुले त्यसको कार्यान्वयन पक्षलाई जोड दिनुपर्ने उनको भनाइ छ ।









प्रतिक्रिया