
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनामा परेपछि विमानस्थल १ बजेसम्मका लागि बन्द गरिएको । बिमानस्थलबाट उड्न लागेको भिस्तारा एयरको जहाज १ बजेका लागि सेड्युल गरिएको छ ।
यसैगरी बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको जहाज सिमराको आकाशमा होल्ड गरिएको छ । यता बिराटनगरबाट काठमाडौं उडेको बुध्दको जहाज बिराटनगर नै फर्केर ल्यान्ड भइसकेको छ ।
थाइल्यान्डबाट काठमाडौं आइरहेको जहाज भारतको मुजफ्फरपुरको आकाशमा होल्ड भइरहेको फ्लाइट राडरमा देखिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं उडेकf दुई जहाज बाटोमै रहेको देखिएको छ ।
बिमानस्थलका अनुसार भैरहवाबाट काठमाडौं आइरहेको जहाज पनि भैरहवा नै फर्काइएको छ ।
प्रतिक्रिया