विमानस्थलमा जहाज दुर्घटना, सौर्य एयरको विमानमा आगो लाग्यो



काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको सुनिएको थियो । विमानस्थल स्रोतका अनुसार सौर्य एयरको विमान धावनमार्गबाट चिप्लिएको थियो ।

बुधबार बिहान ११ बजेतिर सौर्य एयरलाइन्सको जहाज रनवेबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको स्रोतको भनाइ छ ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ ।

विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको देखिएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।

विस्तृत विवरण आउन बाँकी छ ।


क्लिकमान्डु