अमेरिकी अर्थतन्त्रमा ‘लिपस्टिक्स इन्डेक्स’को बहस



नियमित खर्च कटौती भइरहँदा महिलाहरुले लगाउने सौन्दर्य सामग्रीको बिक्री कसरी बढिरहन्छ ? के यसले पनि अर्थतन्त्रको अवस्था मापन गर्नसक्छ ? अहिले अमेरिकामा यस्तै बहस भइरहेछ ।

एजेन्सी । अमेरिका लगायत समृद्ध देशहरुमा नियमित उपभोक्ताहरुले अनपेक्षित रुपमा खर्च कटौती गर्न थालेपछि आर्थिक मन्दीको संकेत देखिएको बहस हुन थालेको छ । तर यससँगै अर्को पनि रोचक बहस हुन थालेको छ, त्यो हो ‘लिपस्टिक इन्डेक्स’।

लिपस्टिक इन्डेक्स त्यस्तो सूचांक हो, जसले अर्थव्यवस्थालाई बुझ्न वा मापन गर्न केही हदसम्म सहायक हुने बताइन्छ । अर्थतन्त्र समस्यामा परेका बेला विशेषगरी महिलाहरुले नियमित खर्चको सट्टा सौन्दर्य सामग्री खरिद गर्ने क्रम बढेको अवस्थालाई लिपस्टिक इन्डेक्सले संकेत गरेको हुन्छ ।

एस्टी लाउडरका अध्यक्ष लियोनार्ड लाउडरले २००१ को सेप्टेम्बर ११ को मन्दीपछि ‘लिपस्टिक इन्डेक्स’ शब्द चयन गरेका थिए । सौन्दर्य प्रसाधनहरु विशेषगरी लिपस्टिकको खरिद अर्थव्यवस्थासँग विपरीत सम्बन्ध हुने गरेको उनको दाबी थियो । किनकि महंगीका बेला महिलाहरु अत्यधिक महंगा किनमेलका सामानलाई साना श्रृंखारका सामग्रीले पूर्ति गर्ने गरेको उनको तर्क थियो ।

त्यसो त २००१ को अन्त्यमा अमेरिकी लिपस्टिक ब्यापार ११ प्रतिशतले बढेको थियो । र महामन्दीको समयमा कस्मेटिक सामग्रीको बक्री २५ प्रतिशतले बढ्यो । एस्टी लाउडरका सीईओ फाब्रिजियो फ्रेडाका अनुसार २०२० मा कोरोना महामारीको समयमा अर्थतन्त्र संकटमा परिरहेका बेला लिपस्टिक इन्डेक्सलाई स्किन केयर आइटमले प्रतिस्थापन गरेको थियो । किनकि त्यसबेला अधिकांश उपभोक्ताहरु मास्क लगाउँथे र घरबाटै काम गर्थे ।

फ्रेडा भन्छिन्, “लिपस्टिक इन्डेक्सलाई मोइस्चराइजिङ इन्डेक्सले बदलिदिएको छ । तर इन्डेक्सको सूचांकको अवधारणा अहिले पनि उस्तै छ,” फ्रेडा भन्छिन् । विश्व अर्थतन्त्रलाई हेर्दा अब त्यही परिस्थिति दोहोरिएको बताइन्छ । यसबीचमा सौन्दर्य सामग्री उत्पादक कम्पनी सेफोराले हालै रेकर्ड बिक्री वर्ष घोषणा गरेको छ । र कन्जुमर रिसर्च ग्रुपको तथ्यांक अनुसार के थाहा हुन्छ भने प्रतिष्ठा सौन्दर्य उत्पादनले आम रुपमा हुने सौन्दर्य सामग्रीको बिक्रीलाई पछाडि पारेको छ ।
जसअनुसार वर्षको पहिलो तीन महिनामा क्रमश ९ प्रतिशत र २ प्रतिशतका दरले सौन्दर्य सामग्री बिक्री भएको छ।

वास्तवमा अर्थतन्त्रको अवस्था मानप गर्ने एउटा सामान्य तरिका लिपस्टिक इन्डेक्सलाई पनि लिइन्छ । जुन कम मात्रामा प्राविधिक र धेरै रोचक हुने गर्छ । र यो सधैँ पूर्ण रुपमा यथार्थ नहुन पनि सक्छ । तर जसरी अमेरिकामा महामारीपछि निशुल्क पार्टीहरुको अन्त्य भएको छ, यसबारे विज्ञहरुले अध्ययनको विषय बनाउन थालेका छन् ।

अर्थतन्त्रको अवस्था बुझ्नका लागि ‘लिपस्टिक इन्डेक्स’ सिद्धान्त अमेरिकामा प्रचलित छ । यस सिद्धान्तले अर्थव्यवस्था मन्दीमा हुँदा, लिपस्टिक र अन्य सौन्दर्य प्रसाधनहरूको बिक्री बढ्ने कुरा गर्छ । किनभने यस्तो अवस्थामा उपभोक्ताहरूलाई किफायती र आफूलाई राम्रो महसुस गराउने उत्पादनहरूको आवश्यकता बढ्ने गरेको यस सिद्धान्तको तर्क हुने गर्छ ।

पछिल्लो समय अमेरिकामा उपभोक्ताहरुले नियमित खर्च कटौती गर्न थालेपछि लिपस्टिक इन्डेक्सबारे बहस हुन थालेको छ । विशेषगरी कोरोना महामारीपछि उपभोक्ताहरुको नियमित खर्च कम भइरहँदा प्रतिष्ठा सौन्दर्य सामग्रीको बिक्री ह्वात्तै बढेको विभिन्न तथ्यांकले देखाएका छन् । तर यसरी महंगा सौन्दर्य सामग्रीको बिक्री बढे पनि आम रुपमा बिक्री हुने वा कम मूल्यका सौन्दर्य सामग्रीको दर भने महंगा सौन्दर्य सामग्रीको तुलनामा कम नै बिक्री हुने गरेको छ ।

विभिन्न विश्लेषकहरुले आर्थिक मन्दी भएको औंल्याइरहँदा लिपस्टिक इन्डेक्सलाई पनि एक संकेतको रुपमा बहस गर्न थालिएको छ । त्यसो त अमेरिका बाहेक चीनमा बेलायत अष्ट्रेलिया क्यानडा लगायतका देशमा नियमित उपभोक्ताको खर्च कटौती हुन थालेको छ । यसको विकल्पमा विभिन्न सौन्दर्य सामग्रीको बिक्री बढिरहेको देखिन्छ ।


क्लिकमान्डु