विमास्थलबाट १ किलो बढी सुनसहित विदेशी महिला पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।

शनिबार राति १२ बजे फ्लाई दुबईबाट आएकी एक जना यात्रुको साथबाट उक्त सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले लुकाएर ल्याएको सुन बरामद गरेको हो । उनले धुलो बनाएर ब्रा र अन्डरवेयरमा लुकाएर उक्त सुन ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु