सञ्चालनमा आएको तीन महिनापछि मंगलबार चोभार बन्दरगाहबाट एक ट्रक सामान डेनमार्क निर्यात



काठमाडौं । निर्माण सम्पन्न भई सञ्चालनमा आएको तीन महिनापछि चोभार सुक्खा बन्दरगाहबाट पहिलोपटक डेनमार्कमा वस्तु निकासी भएको छ ।

भन्सार कार्यालयबाट पहिलो पटक एक ट्रक ऊन फेल्टबाट बनेको (जुत्ता, स्वीटर) जस्ता वस्तु निर्यात भएको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले बताए ।

उनका अनुसार ४३ हजार ४६७ यूरो अर्थात् ५५ लाख ६८ हजार ९४६ रुपैयाँ बराबरको ऊनको वस्तु निर्यात भएको हो ।

‘चोभार सुक्खा बन्दरगाहबाट पहिलो एभरेष्ट ट्राभल सर्भिस प्रालिमार्फत् ग्लेरुप्स एनपी प्रालिको ऊन फेल्ट वस्तु निर्यात भएको छ,’ उनले भने ।

विश्व बैंकको सहयोगमा १ खर्ब ६७ अर्बमा बनेको सो बन्दरगाह गत चैत २२ गतेबाट सञ्चालनमा आएको छ । हालसम्म १५ वटा मात्रै कन्टेनर भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।


क्लिकमान्डु