क्यानका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीद्वारा पदभार ग्रहण



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् ।

बिहीबार दिउँसो ३ बजेतिर अधिकारीले पदभार ग्रहण गरेकाे निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए । यसअघि राजकुमार क्षेत्री महानिर्देशक पदबाट निवृत्त भएपछि ठाकुरलाई निमित्त महानिर्देशक पदमा नियुक्त गरिएको थियो ।

नेकपा समाजवादी एकीकृत पार्टीका अध्यक्ष माधव कुमार नेपालको चर्को दबाबपछि गत सोमबारको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।

भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन निर्माणमा आफू अनुकुल लागत बढाएको आरोप लागेका अधिकारी क्यानका ११औं तहका कर्मचारी हुन् । उनी क्यानका १२औं तहका प्रतिष्पर्धी ६ जना कर्मचारीलाई उछिन्दै महानिर्देशक बन्न सफल भएका छन् ।


क्लिकमान्डु