संसद् बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

399
Shares

काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते अपराह्न २ बजे संघीय संसद्‍को बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

फागनु २१ गतेको प्रतिनिधि सभा निर्वाचन पछि पहिलो पटक संसद बैठक बस्न लागेको हो ।