संविधान संशोधनका लागि बालेनका सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गर्ने सरकारको निर्णय

476
Shares

काठमाडौं । सरकारले संविधान संशोधनका लागि छलफल गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बालेन्द्र शाह नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद् बैठकले संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधिहरू रहने गरी एक कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यो राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा पत्रमा भएको एउटा बाचा पनि थियो। यी दुइटा आजका प्रमुख निर्णयहरू हुन्।

बैठकले चैत १९ गते बिहीबारका दिन अपराह्न २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।