पेगासेज प्रयोग गरेर यसरी गरियो जासुसी, नेपाली राजदूत निलाम्बर आचार्यको फोन समेत ट्याप



एजेन्सी । पछिल्ला केही दिनदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा एउटा विषयले प्राथमिकता पाइरहेको छ । त्यो विषय हो, व्यक्तिको वैयत्तिक विषयमा गुप्त तवरले चासो राख्न पाइन्छ कि पाइदैन ? तर, गुप्त रुपमा कुनै पनि व्यक्तिको विषयमा असाध्यै मिहिन तरिकाले विवरण संकलन गर्ने काम भइरहेको भन्दै अन्तर्राष्ट्रिय रुपमा चासो व्यक्त भएको छ ।

यसबारेमा बीबीसी हिन्दीले लामो आलेख प्रकाशित गरेको छ । आइतबार साँझ वासिंटन पोष्ट र भारतको समाचार अनलाइन द वायरमा एकै साथ प्रकाशित समाचारमा दावी गरिएको छ कि संसारभरका कयौं पत्रकार एवम् सामाजिक कार्यकर्ताको फोन ह्याक गरिएको छ ।

भारतका केही पत्रकार तथा विपक्षी दलका नेताको समेत फोन ह्याक गरिएको छ । सो मामिलामा भारतीय गृहमन्त्री अमित साहले राजीनामा दिनुपर्ने माग विपक्षी काँग्रेस आईका नेता राहुल गान्धीको छ । गान्धीले अमित साहको राजीनामा तथा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकाको समेत परीक्षण गर्नुपर्ने माग गरेका छन् । संसारभरका सयौं पत्रकारको फोन ह्याक गरेर सूचना संकलन गरिएको विवरणमा जनाइएको छ । गोप्य रुपमा फोन टेप गरिएको छ । त्यसमा भारतका कयौं मानिस परेका छन् ।

भारतीय अनलाइन वायरका अनुसार हिन्दुस्तान टाइम्सका सम्पादक शिशिर गुप्ता समेत इण्डिया टुडे, नेटवर्क १८, हिन्दु तथा इण्डियन एक्सप्रेस , द वायरका संस्थापक सम्पादक, तीन पत्रकार, दुई नियमित लेखकको समेत फोन ट्याप गरिएको छ ।

पत्रकार रोहिणी सिंह, इण्डियन एक्सप्रेसका डेपुटी एडिटर सुशान्त सिंहको फोन ट्याप गरिएको छ । रोहिणी सिंहले अमित साहका छोरा जय साहको कारोवारसँग जोडिएको समाचार सार्वजनिक गरेकी थिइन् । सुशान्त सिंहले राफेल सम्झौतासँग जोडिएको समाचार लेखेका थिए । सोही कारण उनीहरुको फोन ट्याप गरिएको छ ।

समाचार अनुसार इण्डियन एक्सप्रेसका पूर्व पत्रकार सुशान्त सिंह टिभी १८ का पूर्व एंकर स्मिता शर्मा, इपीडब्ल्यूका पूर्व सम्पादक परजाय गुहा टाकुरता, आउटलुकका पूर्व पत्रकार एस्उनएम आविदी, दि हिन्दुका विजेता सिंह, दि वायरका संस्थापक स्म्पादक सिद्धार्थ बरर्थराजन ताथ एमके वेणुको फोन ट्याप गरिएको छ ।

पेसासेस प्रकरणमा नेपाल समेत जोडिएको छ । भारतको राजधानी दिल्लीमा रहेका नेपालसहितका कुटनीतिज्ञको जासुसी गरिएको छ । नेपाली राजदूत निलाम्बर आचार्यसहित इरान, अफगानिस्तान, चीन र साउदी अबरेबियाका राजदूतको समेत जासुसी गरिएको फ्रान्सेली पत्रिका द मोन्डे र भारतीय पत्रिकार द हिन्दुले जनाएको छ ।

भारतमा सन् २०१७ देखि नै उक्त जासुसी संयन्त्रको प्रयोग गरिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको समेत भारतले जासुसी गरिरहेको छ । सन् २०१७ मा भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले इजरायलको भ्रमण गर्दा नै उक्त जासुसी सफ्टवेयर प्रयोगमा ल्याइएको थियो ।

विवरण अनुसार अजरबैजानका ४८ पत्रकार, भारतका ३८ पत्रकारको जासुसी गरिएको छ ।

जानकारी अनुसार पेगासेस प्रयोग गरेर एसएमएस, ह्वाटसएप, आइ म्यासेज पठाइने र क्लिक गर्न भनिन्छ । सो सूचना क्लिक गर्दा स्पाइवेयर एक्टिभ हुने विवरणमा जनाइएको छ । विशेषज्ञका अनुसार सफ्टवेयर चल्न थालेपछि एसएमएस, इमेल, ह्वाट्उप, चयट,कन्ट्याक लिस्ट, जीपीएस , फोटो र भिडियो लाइब्रेरी र क्यालेन्डरमा त्यसले पहुँच राख्छ ।

पेगासस नामक एक जासुसी स्पाईवेयर मार्फत फोन ह्याक गरिएको र त्यो विषय वैयक्तिक स्वतन्त्रताको विषयसँग जोडिएको छ । तर, सो जासुसी सफ्टवेयर बनाउने कम्पनीले भने सो आरोप अस्वीकार गरेको छ । उसले आफूहरुलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न खोजिएको बताएको छ ।

कम्पनीले दावी गरेको छ कि उक्त प्रोगाम केवल परीक्षण गरेर मात्रै सरकारी निकायलाई बिक्री गरिएको छ । सञ्चारमाध्यमहरुका जनाइएअनुसार भारतको कयौं पत्रकार तथा अन्य मानिसको फोनमा समेत इजरायलमा निर्मित उक्त सफ्टवेयर मार्फत ह्याक गरेर निगरानी गरिएको छ ।

लगातार उक्त समाचार सार्वजनिक भएपछि प्रश्न उठेको छ कि पेगासस खासमा के हो र यसले कसरी काम गर्छ ।

पेगासस एक जासुसी सफ्टवेयर हो । जसलाई इजरायलको सुरक्षा कम्पनी एनएसओ समूहले बनाएको हो । यसको प्रयोग गरेर कुनै पनि व्यक्तिको फोन ह्याक गरेर उसको गतिविधिमाथि नजर राख्न सकिन्छ ।

अदृश्य रुपमा उक्त सफ्टवेयर कुनै पनि व्यक्तिको फोनमा इन्स्टल गरिन्छ । त्यसपछि उक्त फोनको रिमोट कन्ट्रोल अरु व्यक्तिकै हातमा पुग्छ । उक्त रिमोट एक्सेसले एउटा विशिष्ट ट्रोजन जसरी नै काम गर्छ ।

जेरुसेलम स्थित द इन्स्टिच्यूछ फर नेशनल सेक्युरिटी स्टडीजसँग संलग्न एक साइवर सुरक्षा विशेषज्ञ कर्णेल गावी सिबोनीका अनुसार यसले कसरी काम गर्छ भन्ने बारेमा अधिक मात्रामा जानकारी उपलब्ध छैन । यो एक खास प्रकारको उन्नत सफ्टवेयर हो, जसलाई एनएसओले निर्माण गरेको हो ।

उक्त सफ्टवेयर बनाउने कम्पनी एनएसओका स्थापना सन् २००९ मा भएको हो । जसले सुक्ष्म एवम् गोप्य तरिकारले जासुस संयन्त्र नै बनाएको बताएको छ । संसारका कयौं देशका सरकार यसको ग्राहक छन् ।

एनएसओको दावी यो छ कि यो सफ्टवेयर केवल सरकार वा सरकारी एजेन्सीलाई मात्रै दिइएको छ । सार्वजनिक जानकारी अनुसार पानामा र मेक्सिकोको सरकारले यसको प्रयोग गरिरहेका छन् ।

कम्पनीका अनुसार यसको प्रयोग गर्ने मध्येमा ५१ प्रतिशत सरकारी खुफिया एजेन्सी नै रहेका छन् । यस्तै, ३८ प्रतिशत भने कानून कार्यान्वयन गर्ने एजेन्सी रहेका छन् भने ११ प्रतिशत सेनाका मानिसले प्रयोग गरेका छन् ।

एनएसओका अनुसार यसलाई आतंकवादीमाथि नजर राख्न वा आतंकवादी घटनालाई रोक्ने ध्येयका साथ यसको विकास गरिएको हो । भारत सरकार यसको ग्राहक हो वा होइन भन्ने बारेमा कम्पनीले केही बताएको छैन ।

गावी सिमोनीका अनुसार इजरायलको सैन्य तथा जासुसी प्रविधिका जानकारलाई समेत खास नियम बनाइएको छ । त्यसमा शर्त राखिएको छ । त्यसको उल्लंघन हुनासाथ कारवाही समेत हुन्छ ।

सिबोनीका अनुसार जसरी विवरणमा जनाइएअनुसार आम नागरिकको विरुद्ध यसको प्रयोग गरिएको छ भनेर । यदि त्यो विषय सावित भएको खण्डमा इजरायल सरकार त्यसमाथि कारवाही गर्न सक्छ ।

उक्त सफ्टवेयर प्रयोग गर्ने अनुमतिपत्र कतिले लिएका छन् वा यसको प्रयोग कसको विरुद्धमा गरिएको छ भन्ने बारेमा कुनै स्पष्ट जवाफ छैन । यो आमरुपमा भन्दा पनि गोप्य तरिकाले निर्यात गरिएको छ ।

कम्पनीले फरक फरक सरकारलाई फरक फरक मूल्य लिएर सफ्टवेयर बिक्री गरिएको छ । सो को बारेमा कुनै पनि जानकारी सार्वजनिक रुपमा उपलब्ध हुन सक्दैन ।

यो सफ्टवेयर असाध्यै महंगो मूल्यमा बिक्री गरिएको छ । खासमा यसको मूल्य के कति हो भन्ने बारेमा सार्वजनिक रुपमा कुनै पनि जानकारी दिइएको छैन । यो असाध्यै उन्नत खालको प्रविधि हो । यसको मूल्य कयौं लाख डलर बराबर रहेको छ ।

यस क्षेत्रका जानकार डा हारेल मोनाश्रीका अनुसार एनएसओ यो सफ्वेयरको युजर सम्झौता तथा अनुमतिपत्र केवल सरकारी एवम् सरकारी एजेन्सीलाई मात्रै दिइन्छ ।

एकपटक बिक्री भइसकेपछि यो सफ्टवेयरको कुनै नियनत्रण गर्न नसकिने निर्माणकर्ता कम्पनीको दावी छ ।

यसको अलग अलग अनुमतिपत्र शुल्क रहने गरेको छ । यो एक खालको गुप्त सम्झौता हो । कसैले पनि भन्न सक्दैन कि एउटा व्यक्तिमाथि निगरानी गर्दा के कति मात्रामा खर्च हुन्छ भन्ने बारेमा समेत केही बताइएको छैन ।

एनएसओका अनुसार हामी केवल सफ्वेयर मात्रै बिक्री गर्छौ । यसको प्रयोगका बारेमा उसको कुनै खास नियन्त्रण हुँदैन ।

उसले केवल यसको प्रयोगको बारेमा कुनै पनि निगरानी गर्न सक्दैन र प्राप्त भएको विवरण समेत जसले प्रयोग गरेको हो, उसैसँग हुन्छ ।

यो एक प्रकारको जटिल प्रविधि भएकाले पनि राम्रै प्रशिक्षणपछि मात्रै प्रइोग गर्न सकिन्छ ।

एनएसओ खरिद गर्ने सरकार तथा सरकारी एजेन्सीका कर्मचारीलाई विशेष खालका प्रशिक्षण दिइन्छ । यो एउटा साधन मात्रै होइन, एउटा प्रणाली नै हो । जसलाई प्रशिक्षण दिएपछि मात्रै चलाउन सकिन्छ ।

एनएसओका अनुसार यो आम रुपमा गरिने जासुसी संयन्त्र होइन । तर खास मानिसको निगरानीका लागि यो प्रयोग गरिन्छ । यसबाट कुने पनि व्यत्तिःमाथि निगरानी राख्न सकिन्छ ।

कुनै पनि विरोधी तथा आत.कवादी गतिविधिमा संलग्न भएको शंका लागेको खण्डमा फोन ह्याक गरेर उसको निगरानी गर्न सकिन्छ । लक्षित फोनलाई नियनत्रणमा राखेर त्यसमा जोडिएको तथ्यांक सम्बन्धित सरकारी एजेन्सीलाई दिइन्छ । फोन कल सुन्न सकिन्छ । फोनको क्यामेरा वा माइक्रोफोनको समेत प्रयोग गर्न सकिन्छ ।

साइवर विशेषज्ञ अनुसार आमरुपमा जसको सूचना संकलन गर्नुपर्ने हो, त्यसको फोनमा करप्त म्यासेज वा फाइल पठाएर डिभाइस ह्याक गर्ने गरिन्छ । फोन अरु समयमा जसरी ह्याक गरिन्छ, सोही तरिकाको प्रयोग गरिन्छ । बाँकी उपाय भने अरु जस्तै हो । यसको खास तरिका भनेकै त्यही हो, तर असाध्यै उन्नत र गोग्य तरिकाले गरिन्छ ।

कुनै न कुनै कमजोरी त ह्याकरले देख्छ नै । कर्णेल गावीका अनुसार – यो भन्न मुस्किल छ यसले कसरी काम गर्छ । यो एनएसओको असाध्यै गुप्त व्यापार हो । साइवर सुरक्षा क्षेत्रमा जोडिएका शोधकर्तालाई समेत यसको बारेमा असाध्यै कम मात्रामा जानकारी छ ।

कसको फोन ट्रयाक भइरहेको छ भन्ने बारेमा सम्बन्धित मानिसलाई समेत पत्तै हुँदैन । तर, उसको सबै सूचना चोरी भइरहेको हुन्छ । फोन पनि चलीरहेको नै हुन्छ । कुनै संकेत भएको अवस्थामा पो फोन ह्याक भएको छ भन्ने बारेमा जानकारी हुन सक्छ ।

इजरायलका तत्कालीन प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुको योजनामा नै उक्त सफ्टवेयर बनाइएको बताइन्छ ।


क्लिकमान्डु