जहाँ समस्याको भुंग्रो छ, म त्यहीँ पुग्छुः गभर्नर



काठमाडौं । महाप्रसाद अधिकारी २०७२ पुसमा राष्ट्र बैंकबाट बाहिरिए । त्यसबेला उनी डेपुटी गभर्नर थिए । २०७६ चैत २५ गते अधिकारी गभर्नरकारुपमा राष्ट्र बैंक प्रवेश गरेका छन् ।

अधिकारी राष्ट्र बैंकबाट बाहिरिँदा देश भूकम्प र भारतीय नाकाबन्दीले थल्याएको थियो ।

२०७२ बैशाख ११ गते आएको शक्तिशाली भूकम्प र त्यसको एक महिनासम्म लगातार आएका पराकम्पले एकातिर मुलुकको अर्थतन्त्र तहसनहस पारेको थियो ।

आफ्नो भूमिका निर्वाह नगर्दा अरुले ठुङ्छन्, स्वायत्तता जोगाउँछुः गभर्नर महाप्रसाद अधिकारी

अर्कातिर नेपालले आफ्नो संविधान आफैं बनाएकोप्रति चित्त नबुझेपछि भारतले नाकाबन्दी लगाएको थियो । केही मधेसबादी दलहरु नाकाबन्दीको समर्थनमा थिए ।

भदौदेखि भएको मधेस आन्दोलन र असोजदेखि भारतले लगाएको अघोषित नाकाबन्दी लामो समयसम्म रह्यो । नेपालका राजनीतिक शक्तिहरु टसमस नभएपछि भारतले घुँडा टेक्यो । र, नाकाबन्दी हटायो ।

गभर्नर अधिकारीले आफुसँगैका प्रतिस्पर्धी चिन्तामणी शिवाकोटी प्रतिस्पर्धी मात्रै नभएर बिकम पढ्दादेखि नै साथी भएको स्मरण पनि गरे । शिवाकोटीले पनि आगामी १० महिनाका हरेक काममा आफूले पूर्णरुपमा साथ दिने बताए ।

त्यसको व्यवस्थापन चानचुन थिएन । तत्कालीन गभर्नर डा. चिरञ्जीबी नेपालको सारथी भएर अधिकारीले समस्या समाधान गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए ।

राष्ट्र बैंकमा महाप्रसाद अधिकारीको ‘कमब्याक’ (फोटो फिचर)

उनै अधिकारी ४ वर्षपछि गभर्नर भएर राष्ट्र बैंकमा फर्किएका छन् । र, अहिले पनि देश कोरोना भाइरसका कारण विपत्तिमा परेको छ ।

यसलाई उनैले संयोगको रुपमा लिएका छन् । महाप्रसादको महा संयोज्ञ बनेको छ ।

नियमन र सुपरिवेक्षणमा निकै अब्बल मानिने अधिकारीले राष्ट्र बैंकमा गभर्नरको पदभार ग्रहण गर्दै जहाँ समस्या पर्यो, त्यहाँ आफु जानुपर्ने अवस्था सिर्जना भएको प्रतिकृया दिए ।

‘जहाँ समस्याको भुंग्रो छ, म त्यहीँ पुग्छु,’ उनले भने ।

चाटर्ड एकाउन्टेन्टको जिम्मामा राष्ट्र बैंक, ५ वर्ष अगाडिको महाप्रसादको इच्छा यसरी भयो पूरा

गभर्नर अधिकारीले कोरोना भाइरसको विश्वव्यापीरुपमा संक्रमण भएकोले नेपालको अर्थतन्त्र समेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे ।

कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पु¥याउँछ भन्ने कुराको कुनै निश्चितता नरहेको र आउने चुनौतीलाई सम्बोधन गर्नको लागि राष्ट्र बैंकले आवश्यक पहल गर्ने बताए । राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आह्वान गरे ।

‘हिजो प्रतिस्पर्धामा भएपनि अन्तिम समयमा आफू गभर्नर हुन पाइँन,’ शिवाकोटीले भने ‘हिँजोसम्म म योग्य भन्दै प्रतिस्पर्धामा थिए, अब मभन्दा उहाँ कौयौ गुुणा बढी योग्य र क्षमतावान हुनुुहुन्छ, उहाँलाई हाम्रो पूर्णसाथ र समर्थन छ ।’

उनले आगामी दिनमा काम गर्नको लागि आफूलाई कुनै पनि समस्या नभएको र आगामी १० महिनासम्म गभर्नरका प्रतिस्पर्धीसहित २ जना डेपुुटी गभर्भर अन्य कर्मचारीको साथ रहने बताए ।

उनले आफुसँगैका प्रतिस्पर्धी चिन्तामणी शिवाकोटी प्रतिस्पर्धी मात्रै नभएर बिकम पढ्दादेखि नै साथी भएको स्मरण पनि गरे । शिवाकोटीले पनि आगामी १० महिनाका हरेक काममा आफूले पूर्णरुपमा साथ दिने बताए ।

नयाँ गभर्नरसँग मेरो लय मिल्छ, १० महिना सहयोगी भएर काम गर्छु: चिन्तामणि शिवाकोटी

‘हिजो प्रतिस्पर्धामा भएपनि अन्तिम समयमा आफू गभर्नर हुन पाइँन,’ शिवाकोटीले भने ‘हिँजोसम्म म योग्य भन्दै प्रतिस्पर्धामा थिए, अब मभन्दा उहाँ कौयौ गुुणा बढी योग्य र क्षमतावान हुनुुहुन्छ, उहाँलाई हाम्रो पूर्णसाथ र समर्थन छ ।’

उनले थपे ‘उहाँले राष्ट्र बैंकबाट बिदा हुँदा भूकम्पले अर्थतन्त्रमा निकै असर पारेको थियो । अहिले कोरोनाले धेरै अर्थतन्त्रमा असर पार्ने देखिएको छ । उहाँ जुन चुनौतीका बीच निस्कनु भएको थियो । अहिले पनि त्यस्तै अवस्थामा आउनु भएको छ । उहाँले एक जना सिए पनि हो । उहाँले यस्ता समस्यामा जुधेर काम गर्न सक्नुहुन्छ, त्यसमा हामी सबैको साथ रहने छ ।’

नेपाल सरकारको आर्थिक सल्लाहकार भएको कारणले राष्ट्र बैंकले गर्ने अध्ययनमा आफूहरु गम्भीर हुने उनले बताए ।
हामीले हिँजो राखेको नाम कायम राख्न सबैको सहयोग हुनेछ,’ शिवाकोटीले भने ।

अधिकारीले पनि आफु समस्या हुुँदा नै बाहिरिएको र अहिले पनि समस्या भएको समयमा नै आएको र कोरोनाले कति असर गर्न भन्नेमा अन्योल नै रहेको बताए ।

३ वर्ष लगानी बोर्डको सीइओका रुपमा भने अधिकारीले सोचेअनुसारको सफलता प्राप्त गर्न सकेनन् । राष्ट्र बैंकको संरचना बलियो भएको र लगानी बोर्डको संरचना निकै कमजोर रहेकाले आफ्नो सफलता र असफलता संगठनको संरचनासँग जोडेर ब्याख्या गर्छन् उनी ।

उनले आफू पहिलादेखि नै रिजल्ट ओरियन्टेड काम गर्न रुचाउने व्यक्ति भएकोले आगामी दिनमा पनि रिजल्टमा ध्यान दिने बताए ।

राष्ट्र बैंकका धेरै अनुहार आफ्नो लागि नयाँ नभएकोले रिजल्ट आउन कुनै समस्या नहुने बताए । अधिकारी मंगलबार बिहान ११ः बजेर ३४ मिनेट जादाँ राष्ट्र बैंकमा प्रवेश गरे ।

अधिकारीको नियुक्तिलाई बैंकरहरुले निकै उत्साहित हुँदै स्वागत पनि गरेका छन् । चाटर्ड एकाउन्टेन्ट रहेका अधिकारी नियमन र सुपरिभिजनमा अब्बल मानिन्छन् । राष्ट्र बैंकमा सेकेन्डम्यान रहँदा निकै राम्रो भूमिका निर्वाह गरेका थिए । र, सफल पनि भएका थिए ।

तर, ३ वर्ष लगानी बोर्डको सीइओका रुपमा भने अधिकारीले सोचेअनुसारको सफलता प्राप्त गर्न सकेनन् । राष्ट्र बैंकको संरचना बलियो भएको र लगानी बोर्डको संरचना निकै कमजोर रहेकाले आफ्नो सफलता र असफलता संगठनको संरचनासँग जोडेर ब्याख्या गर्छन् उनी ।

यतिबेला राइट पर्सन राइट म्यान भनेर अधिकारीको नियुक्तिलाई समग्र समाजले सकरात्मकरुपमा स्वागत गरेको छ ।

तर, उनीसामू राष्ट्र बैंकको स्वायत्तता जोगाउनेदेखि देशको अर्थतन्त्रलाई गतिशिल बनाउने चुनौतिका पहाड छन् ।

आगामी दिनमा उनी कसरी अघि बढ्छन् । र, बहिर्गमन कतिको सुखद र विवादरहित हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।


पुष्प दुलाल