नयाँ गभर्नरसँग मेरो लय मिल्छ, १० महिना सहयोगी भएर काम गर्छु: चिन्तामणि शिवाकोटी



नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको गनर्भरमा सोमबार महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । गभर्नरको प्रतिष्पर्धामा म पनि थिएँ । समितिको सिफारिसमा स्वभाविकरुपमा डेपुटी गभर्नरका हैसियतमा म पनि गभर्नरको दाबेदार थिएँ ।

स्वभाविकरुपमा प्रतिष्पर्धामा रहेका हामी सबैजना गभर्नर बन्नका लागि योग्य थियौं । योग्यताका हिसाबले आफूभन्दा माथिल्लो तहमा जान खोज्नु स्वभाविक नै हो । प्रतिष्पर्धामा उत्रने सबैले त्यो पद पाउँछन् भन्ने पनि होइन । राष्ट्र बैंकमा काम गर्न सबै गभर्नर पनि हुँदैनन्, बैंकमा काम गर्ने जति सबै सीइओ पनि हुँदैनन् ।

चाटर्ड एकाउन्टेन्टको जिम्मामा राष्ट्र बैंक, ५ वर्ष अगाडिको महाप्रसादको इच्छा यसरी भयो पूरा

तर आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्छ । नवनियुक्त गभर्नर र म साथि पनि हौं । एउटै कक्षामा पनि पढेका हौं । राष्ट्र बैंकमा एउटै विभागमा रहँदा शुरुका दिनमा म उहाँभन्दा माथि थिएँ, पछिका दिनमा सीए पढेर आइसकेपछि मभन्दा उहाँ माथि हुनुभयो । सीए पढेर आइसकेपछि उहाँले सुब्बा र अधिकृतको पदमा काम गर्नु परेन । खरदारबाट सिधै सेकेन्ड क्लास अफिसर हुन भयो । उहाँ डबल जम्प गरेर जानु भएको हो ।

राष्ट्र बैंकको कामलाई सफल पार्ने र नेपाल सरकारले आज गरेको निर्णय राम्रो रहेछ । गभर्नर र डेपुटी गभर्नरको जोडी मिलेको रहेछ भन्ने सन्देश दिन पनि चाहन्छु ।

उहाँ सेकेन्ड क्लास हुँदा म थर्ड क्लास अफिसर थिए । उहाँ फस्ट क्लास अफिसर हुँदा म सेकेन्ड क्लास भएँ । म फस्ट क्लास अफिस हुँदा उहाँ विशिष्ठहुँदै डेपुटी गभर्नर हुनुभयो । उहाँसँग हामीले विगतमा काम गरेका छौं । हाम्रो लय मिल्छ । मलाई उहाँको बानी थाहा छ, उहाँलाई मेरो बानी थाहा छ ।

उहाँ राष्ट्र बैंकको डेप्थ नलेज भएको व्यक्तित्व हुनुहुन्छ । उहाँको कार्यकालमा नेपाल राष्ट्र बैंकले राम्रो सफलता प्राप्त गरोस भन्ने म शुभकामना दिन्छु । साथै अबको १० महिनासम्म म उहाँको सहयोगीकारुपमा हुनेछु । उहाँलाई सफल बनाउन सक्दो सहयोग गर्नेछु ।

राष्ट्र बैंकको कामलाई सफल पार्ने र नेपाल सरकारले आज गरेको निर्णय राम्रो रहेछ । गभर्नर र डेपुटी गभर्नरको जोडी मिलेको रहेछ भन्ने सन्देश दिन पनि चाहन्छु । (कुराकानीमा आधारित)


पुष्प दुलाल