आफ्नो भूमिका निर्वाह नगर्दा अरुले ठुङ्छन्, स्वायत्तता जोगाउँछुः गभर्नर महाप्रसाद अधिकारी



अहिले सबै क्षेत्र एकदमै चुनौतीपूर्ण छ । हामी सबैलाई थाहा छ, कुनै एउटा क्षेत्रमा संकट आउँदा अन्य क्षेत्रमा पनि समस्या पर्छ । अहिले स्वास्थ्य क्षेत्रका कारणले संसार भरी नै महामारी छ । अधिकांश मुलुकमा लकडाउन छ । त्यसको असर आर्थिक क्षेत्रमा परेको छ । त्यसमध्ये पनि वित्तीय क्षेत्रमा परेको छ । जसलाई व्यवस्थापन गरी काम चलाएर लैजान पनि चुनौतीपूर्ण छ ।

व्यापार गर्नका लागि, ऋणको साँवा र ब्याज किस्ता तिर्नका लागि, आर्थिक उन्नती गर्न, समृद्धिका कुरा तपसिलका कुरा भए । यहाँ त दैनिक जीवन चलाउन पनि गाह्रो अवस्था आएको छ । एउटा घरमा चुल्हो बाल्नका पनि गाह्रो हुने अवस्था आएको छ ।

राष्ट्र बैंकमा महाप्रसाद अधिकारीको ‘कमब्याक’ (फोटो फिचर)

यसको असर प्रत्यक्ष रुपमा वित्तीय क्षेत्रमा पर्छ । र, त्यसको नियमानकारी निकाय नेपाल राष्ट्र बैंक हो । यसलाई त्यहाँभन्दा ठूलो चुनौती के हुन सक्ला र ?

हामीले यसलाई गहनरुपले हेर्नुपर्छ । साथै वित्तीय क्षेत्रको महत्वपूर्ण सम्पत्ति भनेको मानिसको आत्मविश्वास जोगाउनुपर्छ । हामीले धेरै खालका उपकरणका प्रयोग गर्नुपर्छ । मुख्य चुनौती अहिले कोरोना भाइरसले ल्याएको छ ।

चाटर्ड एकाउन्टेन्टको जिम्मामा राष्ट्र बैंक, ५ वर्ष अगाडिको महाप्रसादको इच्छा यसरी भयो पूरा

यद्यपि वित्तीय क्षेत्र जहिले पनि चुनौतीपूर्ण नै हो । तर पनि अहिले कोरोना भाइरसका कारणले थप चुनौती परेको छ । यो नेपालको मात्रै पनि समस्या होइन । संसारभरी समस्या भएकाले हामीलाई थप समस्या परेको छ । कुनै एउटा क्षेत्रमा मात्रै समस्या पर्दा अन्यत्रबाट सहयोग आउँथ्यो भने अहिले सबैतिर समस्या पर्दा व्यवस्थापन गर्न समस्या हुने देखिएको छ ।

केन्द्रीय बैंकका आफ्ना उद्देश्य छन् । ती उद्देश्य प्राप्त गर्नु नै केन्द्रीय बैंकका प्राथमिकतामा पर्छ । चाहे त्यो आन्तरिक मुल्य स्थिरता होस् वा वित्तीय क्षेत्र स्थायित्वका लागि नै उच्च प्राथमिकतामा राखेर हामीले विभिन्न उपकरणहरु चलाउनु पर्ने हुन्छ ।
त्यसमा कहीँ कतै ढलमल भयो भने हाम्रो अल्टिमेट उद्देश्यहरु हासिल हुँदैनन् । त्यसैले केन्द्रीय बैंकले धेरै उत्साही कुरा गर्नुभन्दा पनि स्थायित्वमा बढी जोड दिनुपर्छ । र, हाम्रो प्राथमिकता पनि सबै स्थायित्वहरु प्राप्त गर्नका लागि हुनेछ । त्यसमध्ये पब्लिकको कन्फिडेन्स हासिल गर्नु पनि एउटा प्रमुख आधार हो ।

हामीले आजै मात्रै पनि पहिलो नीतिगत निर्णयकारुपमा कोरोनाको असरको नियमित अध्ययनका लागि टास्क फोर्स बनाउने भनेको छु । त्यो टास्क फोर्सले नियमित अनुगमन गर्छ, ट्रेन्ड विश्लेषण गर्छ । र, यो संक्रमण कता गइरहेको छ र अर्थतन्त्रमा कस्तो असर गरिरहेको भन्ने हेर्छ । साथै पछि ओभरअल प्रभावको पनि स्टडी गरी रिपोर्ट तयार पार्छौ ।

यसअघि पनि केन्द्रीय बैंकले राहत ल्याइसकेको छ । त्यसलाई पनि निरन्तरता दिँदै त्यसको असर सिस्टममा कस्तो पर्छ ? हामीले ब्याज तिर्ने समय दिएका छौं । किस्ता तिर्ने समय दिएका छौं । जसले गर्दा बैंकको क्यास फ्लोमा पनि असर पर्छ सक्छ । समय अलिकति पर सारेका छौं । त्यसले पनि समस्या समाधान नहुनसक्छ । त्यसलाई पनि विश्लेषण गर्छौ । साथै अहिले ल्याइसकेको जुन राहतको प्याकेज छ त्यो प्याकेजमा अगाडि के गर्न सकिन्छ त्यो पनि नियमित रुपमा गर्नेछौं ।

अहिले तुरुन्तै प्याकेज आउने विषय होइन । तर रिफाइन हुनसक्छ । सन्तुष्ट हुन नसकेका कुरामा पनि छलफल हुनेछन् । निजी क्षेत्रमैत्री नीति नै ल्याउने छौं ।

जहाँसम्म स्वायत्ताको प्रश्न छ, केन्द्रीय बैंक जहाँ पनि अटोनोमस निकाय हुनुपर्छ । त्यसमा दुईमत छैन । स्वायत्तता गुम्ने कुरा कतिपय ठाउँमा नयाँ ऐनको संशोधनबाट आएको हो कि जस्तो लाग्छ । स्वायत्तताा आफ्नो कारणले पनि असर पर्छ । आफ्नो भूमिका आफूले निर्वाह पूरा नगर्दा पनि अरुले ठुङ्न खोज्छ । त्यो वातावरण आउन नदिने कुरा महत्वपूर्ण हो । त्यसमा हामी सजग छौं ।

कुनै विशेष योजना व्यक्तिले ल्याउने होइन । यो संस्था हो । यसका आफ्ना कार्यक्रम छन् । रणनीतिहरु छन् । ती रण्नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने हो । सरकारले आफ्नो वित्तीय रणनीति लिएको छ । त्यसैलाई पूरा गर्ने हो । त्यही रणनीतिभित्रै बसेर पूरा गर्नका लागि काम गर्ने हो ।  (नवनियुक्त गभर्नर अधिकारीले पदभार ग्रहण गरिसकेपछि व्यक्त गरेको बिचार)


पुष्प दुलाल