नेपालको बजारमा नयाँ ईभी कार जेमएईभीको आगमन, मूल्य ५४ लाख



काठमाडौं । शौर्य अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालको प्रिमियम इलेक्ट्रिक गाडी ईभीको क्षेत्रमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको घोषणा गरेको छ।

ूसर्वाधिक मूल्यवान प्रिमियम सेडानू को रूपमा ख्याति कमाएको जेएमईभी जीएसईले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (जेएमईभी) द्वारा निर्मित जीएसई इभी नव पर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब भएको कम्पनीको भनाई छ ।

सन् २०१५ मा स्थापना भएको जेएमईभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीमध्ये एक हो। सन् २०१९ मा रिनाउल्ट समूहले जेएमईभीमा ५०% हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको छ।

जेएमईभीले विलासिता, व्यावहारिकता, र पर्यावरणप्रति सजगताको संयोजन गर्दै यो गाडीमार्फत अभूतपूर्व ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। नेपालको विविध भूगोललाई मध्यनजर गरी यो गाडी तयार पारिएको कम्पनीको भनाई छ ।

यो गाडीमा ४९किलोवाटको व्याट्री जडान गरिएको छ । मोटरको आउटपुट ९९ किलोवाट छ । यसले ४२० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीको दावी छ । १७० ग्राउन्ड क्लिरेन्स रहेको यो गाडी नेपालको सबै प्रकारको भुगोलका लागि उपयुक्त रहेको औल्याइएको छ ।

जेएमईभी जीएसई अहिले नेपाली बजारमा ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको शौर्य अटोमोवाइल्स दरबारमार्गले जनाएको छ ।


क्लिकमान्डु