विश्व बैंकको प्रक्षेपण: कोरोनाले आर्थिक संकट निम्तायो, १ करोड मानिस गरीब हुने



काठमाडौं । विश्व बैंकले कोरोना भाइरसको कारण विश्वमा आर्थिक संकटको कारण १ करोडभन्दा बढी मानिसहरु गरीब हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले जारी गरेको प्रतिवेदनमा २०२० मा पूर्वी एशिया र प्रशान्तमा कम्तिमा १ करोड १० लाख मानिसहरुको आर्थिक अवस्था निकै नै कमजोर हुने छ । विश्व बैंकले कोरोना भाइरस अगाडि यो क्षेत्रमा यो वर्ष ३ करोड ५० लाख मानिसहरु गरीबीबाट माथि उठ्ने अनुमान गरेको थियो । पूर्वी एशियाका देशहरूमा चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, मंगोलिया हुन्। प्रशान्त देशहरूमा अष्ट्रेलिया, न्यूजील्याण्ड, पापुआ न्यू गुयना, किरिबाती, मालदीव, फिजी समावेश छन् ।

विश्व बैंकको कोरोन अगाडि चीनमा मात्र २ करोड ५० लाख मानिसहरु गरीबीबाट माथि उठ्ने अनुमान गरेको थियो ।
तर पछिल्लो प्रतिवेदनमा भनिएको छ,‘कोरोनाको कारणले सम्पूर्ण विश्वमा आर्थिक संकटकालको अवस्था देखिएको छ,अब त्यो सम्भव छैन’

अहिले कोरोना भाइरसको कारण विश्वमा ८ लाख मानिसहरु संक्रमित भएका छन् । ४२ हजार मानिसको मृत्यु भएको छ ।
विश्व बैंकले आर्थिक बृद्धिदरमा गरेको प्रक्षेपण निकै नै चिन्ताजनक छ । पूर्वी एशिया र प्रशान्त क्षेत्रमा आर्थिक बृद्धिदर २.१ प्रतिशतभन्दा घट्ने अनुमान गरेको छ । यो क्षेत्रमा शुन्य देखि बृद्धिदर ०.५ प्रतिशत कम हुने छ । यो क्षेत्रमा सन् २०१९ मा सो क्षेत्रमा औसतमा आर्थिक बृद्धिदर ५.८ प्रतिशत थियो ।

विश्व बैंकले दैनिक ५.५ डलरभन्दा कम आम्दानी गर्नेलाई गरीबको सूचिमा राख्ने गर्छ ।


क्लिकमान्डु