
काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका प्रमुखसमेत रहेका जेनजी अभियान्ता सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई बैठक कक्षमा थुनिदिएको बताएका छन् ।
सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै गुरुङले दुई नेताबीच सहमति नभएसम्म कोही बाहिर निस्कन नमिल्ने उल्लेख गरेका छन्। ‘दुई जना नेताहरू मेयर बालेन र रवि लामिछाने भित्र हुनुहुन्छ,’ उनले भनेका छन्, ‘जबसम्म दुई जना मिल्नुहुन्न तबसम्म यो गेट खुल्दैन । हामीले यहाँ ताला लगाएर राखेका छौं,हामी यहाँ गार्ड बसेका छौं । कोही पनि भित्र पस्दैन कोही पनि बाहिर जाँदैन। मिलेर मात्र उहाँहरू आउनु हुन्छ । साँचो हामीले बोकेका छौं ।’
रवि र बालेन यतिबेला ज्वागलमा छलफलमा जुटेका छन् । यसअघि ६ घन्टाभन्दा लामो छलफल गरे पनि ठोस निष्कर्ष निस्कन नकसेपछि बालेनले बुधबार विभिन्न नेतासँग आफैं पार्टीलाई सक्रिय बनाउने गरि छलफल अघि बढाएका थिए । आज पनि बालेन र लामिछानेबीच आगामी चुनावमा मिलेर जाने गरि छलफल अघि बढेको छ ।








प्रतिक्रिया